Logo
७ बैशाख २०८१, शुक्रबार
(July 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चलचित्र ‘ब्ल्याक’को रोमान्टिक गीत ‘तिम्रो लागि’ सार्वजनिक

काठमाडौं : भदौ १ बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ब्ल्याक’को रोमान्टिक गीत ‘तिम्रो लागि’ सार्वजनिक गरिएको छ । आकाश श्रेष्ठ र आँचल शर्माको रोमान्टिक अभिनय रहेको गीतलाइ रामजी लामिछानेले कोरियोग्राफी गरेका छन ।

सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको गीतमा संगीत महेश खड्काको र शब्द डा। कृष्णहरि बरालको रहेको छ । प्रदिप श्रेष्ठ निर्देशित चलचित्रमा आश्मा पाण्डेको लगानी रहेको छ ।

आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य र प्रिया रिजालको पनि अभिनय रहेको चलचित्रमा अर्जुन जिसीको सम्पादन, मौनता श्रेष्ठको पटकथा र संवाद रहेको छ । चेतनकुमार पाण्डे कार्यकारी निर्माता रहेको चलचित्रलाइ रामशरण उप्रेतीले छायांकन गरेका हुन् ।

प्रकाशित मिति: Jul 22, 2018

प्रतिक्रिया दिनुहोस्