Logo
८ बैशाख २०८१, शनिबार
(July 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कलंकी-नागढुंगा सडकमा प्रर्दशन : सरकारलाई व्यंग्य गर्दै स्थानीयले गरे सडक मर्मत

काठमाडौं, ६ साउन : लामो समयदेखि अलपत्रझै रहेको कलंकी-नागढुंगा सडक निर्माण रोकिएपछि स्थानीयले सांकेतिक विरोध गरेका छन्। स्थानीयको प्रदर्शनका कारण केहीबेर राजधानी भित्रिने र बाहिरिने सवारी आवागमन अस्तव्यस्त बनेको थियो।

स्थानीयले कलंकी-नागढुंगा बाटो निर्माणका लागि दबाव समितिले आइतबार बिहान सडकका खाल्डा पुरेर विरोध प्रदर्शन गरेका हुन् । स्थानीयले ‘हाम्रो सडक हामी बनाउँछौं’ लेखिएका प्लेकार्ड बोकेर केहीबेर नाराबाजी समेत गरेका थिए ।

कलंकी-नागढुंगा सडक निर्माण शुरु भएको लामो समय गुज्रिसके पनि यो अझै सम्पन्न भएको छैन । बाटो निर्माण अलपत्र पर्दा स्थानीयले सडक असुविधासँगै धूलो-धुवाको सामना गरिरहेका छन् ।

स्थानीय एक प्रदर्शनकारीले सडक निर्माणका लागि सरकारलाई आग्रह गर्दा गर्दै हैरान भएको बताए । उनले शैलुङ कन्ष्ट्रक्सनको लापरवाहीले सडक निर्माण प्रभावित भएकाले कारबाही गरेर गति दिन सरकारसँग अाग्रह गरे ।

प्रकाशित मिति: Jul 22, 2018

प्रतिक्रिया दिनुहोस्