Logo
११ बैशाख २०८१, मंगलबार
(July 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वजर्नेल भरतकेशर सिंहको निधन, आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

काठमाडौं, ६ साउन : विश्व हिन्दू महासंघका अध्यक्ष भरतकेशर सिंहको निधन भएको छ । सिंहको ललितपुरस्थित बयोधा अस्पतालमा उपचारका क्रममा आइतबार बिहान निधन भएको हो । वयोधा अस्पतालले सिंहको आइतबार बिहान ३ः१५ बजे निधन भएको पुष्टि गरेको छ ।

सिंहको पार्थिव शरीरलाई दिउँसो साढे १२ बजे अन्तिम श्रञ्द्धाञ्जलीका लागि केहीबेर वनकालीमा राखिने र आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने विश्व हिन्दु महासंघले जानकारी दिएको छ ।

८२ बर्षीय सिंहलाई अस्पताल लैजाँदा पिसाव सम्बन्धी समस्या थियो । पछि निमोनियाँ देखिएको र अन्ततः हृदयाघातका कारण निधन भएको वयोधा अस्पताल स्रोतले जानकारी दिएको छ ।

सिंह पूर्वशाही पार्रश्ववर्ती अर्थात् तत्कालीन राजाका एडीसीसमेत हुन् । ज्ञानेन्द्रकाे शाही शासनपछि दलहरूलार्इ सार्वजनिक अालाेचना गरेर उनी विशेष चर्चामा अाएका थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाहनिकट सिंह नेपाली सेनाका पूर्वउपरथी हुन् । उनले आफ्नो जीवनको लामो समय दरबारको सेवामा बिताएका थिए ।

प्रकाशित मिति: Jul 22, 2018

प्रतिक्रिया दिनुहोस्