Logo
१३ बैशाख २०८१, बिहीबार
(July 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली एक्लिए : प्रचण्ड र माधव नेपाल पनि डा. केसीको पक्षमा

काठमाडौं, ४ साउन । डा. गोविन्द केसीको आन्दोलनबारे एक बैठकमा प्रधानमन्त्री केपि शार्मा ओली एक्लिएका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अनशनरत डाक्टर गोविन्द केसीको पक्ष्ँमा लागेपछि प्रधानमन्त्री निवास बालुवाटारमा खैलाबैला नै मच्चिएको बताइएको छ ।

स्रोतका अनुसार नेकपाका नेताहरु नारायणकाजी श्रेष्ठ, वर्तमान शिक्षामन्त्री गिरिराजमणि पोखरेलले दबाब दिएपछि प्रचण्डपनि अनशनरत डाक्टर केसीको पक्षमा खरो रुपमा उत्रिएका छन् । प्रचण्ड पनि केसीको पक्षमा उत्रिएपछि प्रधानमन्त्री ओली आफ्नै पार्टीका नेताहरुसँग रुष्ट बनेका छन् ।

प्रचण्डलाई नेकपाका नेता नारायणकाजीले प्रचण्डलाई कन्भिन्स गरेका हुन् । उनले प्रचण्डलाई बाहिर–बाहिर विरोध नगर्न सुझाएका थिए । नेकपाका नेता झलनाथ खनालले पनि केही दिन पार्टीमा अब ‘वान म्यान वान पोष्ट’ मा जानुपर्छ भन्ने धारणा राखेका थिए ।

उनले एउटै व्यक्ति प्रधानमन्त्री र अध्यक्ष हुन नहुने जिकिर गरेका थिए । आफ्नै दलका शीर्ष नेताहरुले यस्तो अभिव्यक्ति दिन थालेपछि पार्टीभित्रैबाट ओलीको जनमत कमजोर बनाउने काम भैरहेको पनि नेकपाका एक नेताले जनाए ।

यता अर्का बरिष्ठ नेता माधव कुमार नेपालपनि अनशनरत डाक्टर केसीको पक्षमा छन् । डाक्टर केसीको विषयमा अध्यक्ष प्रचण्डसँगै उनको पनि अडान एउटै रहेको स्रोतको दाबी छ ।

प्रकाशित मिति: Jul 20, 2018

प्रतिक्रिया दिनुहोस्