Logo
७ बैशाख २०८१, शुक्रबार
(July 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अपडेट : जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो

रुकुम : सिस्ने गाउँपालिका–५, धार्पानीमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । सिस्ने गाउँपालिकाको रुकुमकोटबाट धौलापैरा भन्ने ठाउँमा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जिप बुधबार दिउँसो करिब २ बजे धार्पानीमा दुर्घटना हुँदा घटनास्थलमै ४ जना र उपचारको क्रममा ३ जनाको मृत्यु भएको हो ।

रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका–२, का २२ वर्षीय किरण पुन, सोही गाउँपालिका–१, ३५ वर्षीय कुमार पुन, ३३ वर्षीय बुद्धिराज पुन र पुथाउत्तरगंगा गाउँपालिका–१२, की तिर्सना तुलाचनको घटनास्थलमै मृत्यु भएको हो भने अन्य ३ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले सञ्चालन गरेको अस्पतालमा उपचारको क्रममा पुथाउत्तरगंगा गाउँपालिका–१४, रुकुम पूर्वकी ३१ वर्षीया शालिनी बर्मा, बाँके कोहलपुरकी २२ वर्षीया ललिता परियार र भूमे गाउँपालिका–४, रुकुम पूर्वका जिल्ला २८ वर्षीय अर्जुन विकको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते चार जनालाई थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ । घाइतेहरुमा रुकुम पश्चिम मुसीकोट नरपालिका–१२, का जिप चालक ५२ वर्षीय जयवीर कामी, रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका–११, की २५ वर्षीया प्रमिला बुढामगर, सोही गाउँपालिका २ का २७ वर्षी धनिराम पुन र २७ वर्षीया सम्झना पुन रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिवाकर रिजालका अनुसार जिप सडकबाट झण्डै ५ सय मिटर तल खसेको छ ।टायरमा पसेको ढुङ्गाको कारण उफ्रिएको जिप कन्ट्रोल हुन नसकेपछि दुर्घटना भएको हुन सक्ने प्रहरी अनुमान छ ।

प्रकाशित मिति: Jul 18, 2018

प्रतिक्रिया दिनुहोस्