Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निशस्त्रीकरणका लागि हतार छैन– राष्ट्रपति ट्रम्प

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले गर्ने भनेको निशस्त्रीकरणका लागि कुनै हतार नरहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो– मलाई थाहा छ, उत्तर कोरियाले यसका लागि काम गरिरहेको छ र त्यो काम पूरा पनि हुनेछ । यसका लागि कुनै समय सीमा नराखिएको पनि उहाँले स्पष्ट गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले सम्वाददाताहरुसँग भन्नुभयो– यसका लागि आवश्यक परामर्श र सरसल्लाहहरु भइरहेका छन्, उत्तर कोरियाले गरिरहेका कामहरु सकारात्मक मोडमै छन् ।

उहाँले हेल्सिन्कीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटका क्रममा सो जानकारी गराएको पनि सम्वाददाताहरुले जनाएका छन् ।

उहाँले राष्ट्रपति पुटिनलाई आफूले उत्तर कोरियाली नेता किम जोङ उनसँग यस विषयमा बारम्बार फोनमा पनि सम्वाद गर्ने गरेको जानकारी गराउनुभएको थियो ।

राष्ट्रपति ट्रम्पले भन्नुभयो– रुसी राष्ट्रपति पुटिन सधैँ हाम्रो साथमा हुनुहुन्छ, यो प्रक्रियालाई उहाँले सधैँ सहयोग नै गर्नुहुनेछ ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच गत जुन १२ मा सिङ्गापुरमा वार्ता भएको थियो ।

सो उच्चस्तरीय वार्ताका क्रममा उत्तर कोरियाली नेता किमले आफूले निशस्त्रीकरणको सिद्धान्त अपनाउने र आणविक परीक्षणको काम अब नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

तर यसप्रति अमेरिकीहरुले प्रश्न गर्ने गरेका छन् । उनीहरुले उत्तर कोरियाले भनेजस्तो काम नगर्ने भन्दै राष्ट्रपति ट्रम्पको आलोचना गरेका छन् ।

उनीहरुले बिनाकुनै समय सीमा निशस्त्रीकरण गर्ने भनेर मात्र उत्तर कोरियाले टारेको भन्दै यसबाट अमेरिकालाई धोका हुन सक्ने बताएका छन् ।

अधिकांश अमेरिकी सञ्चारले पनि उत्तर कोरियाले निशस्त्रीकरणको कार्यक्रम कहिलेसम्म गर्ने हो त्यसको समय आवश्यक पर्ने बताएका छन् ।

यसै जिज्ञासाको जवाफमा राष्ट्रपति ट्रम्पको यो प्रतिक्रिया आएको हो । राष्ट्रपति ट्रम्पले भने सिङ्गापुर वार्तादेखि नै उत्तर कोरियाले निशस्त्रीकरण गर्नेमा आपmू विश्वस्त रहेको बताउँदै आउनुभएको छ ।

प्रकाशित मिति: Jul 18, 2018

प्रतिक्रिया दिनुहोस्