Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसको अवरोधबीच प्रधानमन्त्रीले भोलि गण्डकी प्रदेशसभामा संबोधन गर्ने

पोखरा, २ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार गण्डकी प्रदेशको संसद बैठकमा सम्बोधन गर्ने भएका छन् ।पोखरा विश्वविद्यालयको सिनेटर बैठक र संसदमा पनि सम्बोधन गर्ने गरी प्रधानमन्त्री पोखरा आउन लागेका नेकपाले जनाएको छ । तर, प्रधानमन्त्रीले संबोधन गर्ने पदेशसभा बैठक भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने अवरोध गर्ने बताएको छ ।

केन्द्रीय समितिकै निर्णय अनुसार कुनै पनि बैठक सञ्चालन गर्न नदिने कांग्रेस गण्डकी प्रदेशका उपनेता मेखलाल श्रेष्ठले बताए । ‘केन्द्रकै निर्णयअनुसार अवरुद्ध गर्न लागिएको हो । नेकपालाई जानकारी पनि गराइसकिएको छ’, उनले भने ‘बिहीबारको बैठक चल्न सक्दैन । चल्न नदिने पार्टीको निर्देशन छ ।’

प्रदेशसभा सांसद राजीव पहारीले देशको प्रधानमन्त्रीले प्रदेशको संसदमा सम्बोधन गर्नु एउटा अवसर भएकाले अवरोध नगर्न कांग्रेससँग आग्रह गरेका छन् । प्रदेशसभा सचिवालयले प्रधानमन्त्रीको सम्बोधनबारे निम्तो पठाइसकेको छ ।

प्रकाशित मिति: Jul 18, 2018

प्रतिक्रिया दिनुहोस्