Logo
७ बैशाख २०८१, शुक्रबार
(July 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कलेज बहस : ग्राण्ड एकेडेमी नै किन छनौट गर्ने ?

विज्ञान र प्राविधिको कारण शिक्षा क्षेत्रमा पनि समयानुकूल परिवर्तन हुँदै गएको छ । परम्परागत रुपमा पठनपाठन हुँदै आएको शिक्षा प्रणालीमा क्रमशः परिमार्जन हुँदै आएको छ । बदलिदो समय अनुसार शिक्षा क्षेत्रमा पनि परिवर्तन गर्दै जानु पर्ने आजको आवश्यकता हो । उपत्यकामा सयौ कलेजहरु सञ्चालनमा छन् । तर कलेजहरुको भीडमा छुट्टै पहिचान बनाएको कलेज हो ग्राण्ड एकेडेमी ।

२०५६ सालमा स्थापना भएको कलेजले आफ्नो छुट्टै स्थान बनाउन सफल भएको छ । विद्यार्थीहरुको मनोविज्ञान अनुसार अध्यापन गराउदै आएको कलेजले किताबी शिक्षालाई भन्दा पनि व्यावहारपयोगी शिक्षालाई जोड दिदै आएको छ । परम्परागत पढनपाठनलाई परिमार्जन गर्दै कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्न थालेपछि विद्यार्थीहरुको आकर्षण पनि बढदै गएको छ । गुणस्तरीय पठन पाठनको कारण कलेजले ९७ प्रतिशतसम्म नजिता ल्याउन सफल भएको छ । प्रबन्ध निर्देशक, मनोज उप्रेतीसँग गरिएको कुराकानी जस्ताको त्यस्तै :

तपाँईहरुको कलेजको मुख्य लक्ष्य के हो ?
गुणस्तरीय र व्यावहारपयोगी शिक्षा प्रदान गर्ने हाम्रो मुल्य लक्ष्य हो । लक्ष्य अनुसार हामीले विद्यार्थीहरुलाई शिक्षा प्रदान गरिरहेका छौं । कलेज राम्रो भएकै कारण विद्यार्थीहरुको आकर्षण पनि निकै बढेको छ । ग्रामिण क्षेत्रकोको साथै उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरका लगायतका जिल्लाबाट विद्यार्थीहरु अध्ययनको लागि आउने गरेका छन् । कलेजले विपन्न समुदायका केही विद्यार्थीहरुलाई निःशुल्क रुपमा शिक्षा प्रदान गर्दै आएको छ ।

ग्रामिण क्षेत्रका सरकारी विद्यालयमा अध्ययन गरेर कलेजमा भर्ना भएका विद्यार्थीहरुलाई कलेज नै निशुल्क रुपमा छुट्टै कक्षाको व्यवस्था गरेको छ । ग्राण्ड एकेडेमी स्थापनको १९ औ बर्षमा सञ्चालन भइरहेको छ । यस कलेजले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र मानविकीको पढाइ सञ्चालन गरिएको छ । यो समुहमा पनि विद्यार्थीले रुचाएका पछिल्ला दिनमा बजारमा माग रहेको र रोजगारीको पनि राम्रो सम्भावना भएका विषय पढाइरहेका छौं ।

के यहाँ पारिवारिक वातावरण छ ?
हामी विद्यार्थीहरुलाई अत्यन्त पारिवारिक वातावरणमा पढाउँछौ । विद्याथीलाई पढाउने शैली व्यावहारिक छ । उनीहरुको इच्छा र क्षमताअनुसार परामर्श दिएर पढाउँछौ । पढाइ सकेपछि पनि उनीहरुले राम्रो प्रगति गरेका छन् । परनिर्भर होइन आत्मनिर्भर बनाउने र रोजगारीमा जोडिन सक्ने शिक्षा नै आजको आवश्यकता हो ।

हामीकहाँ बर्षौ पहिले पढेका विद्यार्थीहरु अहिले पनि सम्पर्कमा छन् । यसको एउटै कारण हामीले उनीहरुलाई गरेको व्यवहार र पढाउने शैली नै हो । कलेजमा विद्यार्थीलाई अध्ययनका लागि पर्याप्त भौतिक संरचना छ । प्रशस्त उपकरण भएको प्रयोगशाला छ । पर्याप्त पुस्तक रहेको पुस्तकालय छ ।

तपाँईको कलेज कतिको मल्टिमिडिया प्रविधि मैत्री छ ?
विद्यार्थीलाई मल्टिमिडिया प्रविधिको प्रयोग गरेर पढाउँछौ । कक्षा कोठामा कोर्पेट विछ्याएको छ । पढाउने शिक्षकहरुअनुभवी हुनुहुन्छ । उहाँहरुले शिक्षा क्षेत्रमा नै लामो समय विताइसक्नुभएको छ । विद्यार्थीको सिकाईस्तर उत्कृष्ट छ । विद्यार्थीलाई सैद्धान्तिक र व्यावहारिक दुवै तरिकाबाट पढाउछौँ ।

विषय र आवश्यकताअनुसार फिल्ड भिजटमा पनि लैजान्छौ । समग्रमा विद्यार्थीले यस कजेललाई नरोज्नुपर्ने कुनै कारण नै छैन् । विद्यार्थीका लागि आवश्यक सम्पूर्ण सुविधा ग्राण्ड एकेडेमीमा उपलब्ध छ ।

विद्यार्थीले राम्रो कलेज कसरी छान्ने ?
सर्वप्रथम एसईई सकेर उच्च शिक्षा अध्ययनको क्रममा रहनु भएका सम्पूर्ण विद्यार्थीहरुलाई मेरो व्यक्तिगत तथा ग्राण्ड एकेडेमी कुमारीपाटीको तर्फ बाट बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु । कलेजको छनोट गर्दा विद्यार्थीहरुले ध्यान दिनुपर्ने मुख्य कुरा भनेको कलेजले दिने गुणस्तर हो ।गुणस्तर भन्नाले कलेजले दिने शिक्षाका साथै व्यवहारिक ज्ञानसँग सम्बन्धित हुन्छ । जुन कलेजले विद्यार्थीको मनोभावना र उसको क्षमता अध्ययन गरी कलेजले दिने पाठ्यक्रमिक शिक्षाका साथै सो सँग सम्बिन्धित व्यवहारिक ज्ञानलाई पनि मान्नुपर्छ ।

यहाँको भनाईमा व्यवहारिक शिक्षा भनेको के हो ?
कलेजले दिने व्यवहारिक शिक्षा भनेको हरेक व्यक्तिको व्यक्तिगत मनोभावना बुझेर उसलाइै दिने सिकाई हो । एसईई दिएर बसिरहनु भएका सम्पूर्ण भाई बहिनीहरुलाई हामीले जीवनको एउटा सुन्दर बाटो देखाउने भएको हुनाले किताबिय ज्ञानका साथसाथै व्यवहारिक जीवन र जीवन जिउने कलाको विषयको ज्ञान दिनु आवश्यक छ ।

त्यसैले भाई बहिनीहरु मेरो लागि कुन उपयुक्त कलेज भन्ने भन्दा पनि कुन कलेजमा पढ्दा मेरो भविष्य सुनिश्चित हुन्छ? मेरो मूल्याकन हुन्छ ? हरेक शिक्षकहरुसँग म खुलेर बोल्न र पढ्न सक्छु भन्ने वातावरण हेरेर तपाईहरुले कलेजको छनौट गर्नुहोस । कलेजको भर्ना गर्ने विद्यार्थीहरुको संख्या तथा कलेजको भौतिक पूर्वाधारका साथै कलेजले अवलम्बन गर्ने शिक्षण विधि र प्रदान गर्ने वातावरणलाई समेत ध्यान दिई कलेजको छनौट गर्न आग्रह गर्दछु ।

तपाँईको कलेजका विशेषताहरु के–के हुन् ?
१. विगत १९ वर्षदेखि शिक्षा क्षेत्रमा आफ्नो गुणस्तरलाई कायम राख्दै उत्कृष्ट नतिजा ल्याउन सफल कलेजका रुपमा ग्राण्ड एकेडेमीलाई चिन्न सकिन्छ ।
२. विद्यार्थी केन्द्रित व्यवहारीक शिक्षा प्रणालीलाई आत्मसाथ गरेको छ । सोही कारण यस कलेजमा प्रयोगात्मक विषयहरु जस्तैः, कम्प्युटर बिज्ञान, होटल म्यानेजमेन्ट विषयहरुमा विद्यार्थीको चाप बढी देखिन्छ ।
३. ग्राण्ड एकेडेमीले विद्यार्थीहरुलाई उनीहरुको आन्तरिक क्षमताको विकास गरी देश विकासमा उनीहरुको भूमिका के रहन्छ भन्ने दायित्व बोध गराउँदछ ।
४.आत्म विश्वासका साथै आफ्नो शिक्षा पूर्ण गरी भविष्यको बाटो देखाउने काम यस कलेजले गर्दछ ।
५. यस एकेडेमीले विद्याथीको सर्वाङ्गिण विकासका लागि विभिन्न किसिमका रचनात्मक क्रियाकलाप जस्तैः,हाजिरी—जवाफ, कविता वाचन, खेलकुद प्रतियोगीताका साथै अन्य क्रियाकलापहरु सञ्चालन गर्दै आएको छ ।
६. शिक्षा क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुद्धारा सञ्चालित यस कलेजको सञ्जाल काठमाडौंका साथैसुदुरपश्चिमको महेन्द्रनगरसम्म फैलिएको छ ।
७. शिक्षा क्षेत्रमा आफ्नो बर्षौको अनुभव हासिल गरेको शिक्षक शिक्षिकाहरुद्धारा अध्ययन अध्यापन गराइदै आएको छ । ।
८. विद्यार्थीहरुको सर्वाङ्गिण विकासका लागि विद्यार्थीलाई विषयवस्तुको साथै उनीहरुको भविष्य उज्जवल बनाउने खालका अतिरिक्त विषयवस्तुको ज्ञान दिनका लगि विभिन्न किसिमका विज्ञबाट विद्यार्थीलाई कार्यशाला गोष्ठी, अध्ययन अनुसन्धानका साथै उनीहरुको व्यवहारिक ज्ञानलाई अभिबृद्धिका लागि इन्ट्रान्सिपको व्यवस्था गरिन्छ ।

ग्राण्ड एकेडेमी नै किन छनौट गर्ने ?
१. विगतमा उत्कृष्ट नतिजा हासिल गर्न सफल कलेज ।
२. शिक्षा क्षेत्रमा आफ्नो लामो अनुभव हासिल गरेको पेशागत व्यक्तित्वहरुको समुहद्धारा सञ्चालित कलेज
३. आफ्नो विगतलाइै मात्र नहेरी भविष्य दर्शन गराउने कलेजको रुपमा ग्राण्ड एकेडेमी ।
४. विद्यार्थीको लुकेको क्षमता दर्शाइ उनीहरुलाई भविष्यमा म केही गर्न सक्छु भन्ने वातावरण सृजना गर्न कलेज
५. ललितपुर तथा काठमाडौंबाट सहज यातायातको सुविधा भएकोको कजेल ।
६. प्रत्येक संकायमा निश्चितत कोटा निर्धारण भएको र यथेस्ट भौतिक पूर्वाधारले युक्त भएको कलेज ।
७. विभिन्न किसिमकार्वकसप, सेमिनार, काउन्सिलिङसहितको शिक्षण विधीका आधारमा शिक्षा प्रदान गरिने ।

प्रकाशित मिति: Jul 18, 2018

प्रतिक्रिया दिनुहोस्