Logo
८ बैशाख २०८१, शनिबार
(July 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आन्दोलनबारे छलफल गर्न बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक

काठमाडौं, २ साउन : सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको नेपाली कांग्रेसले बुधबार बिहान पदाधिकारीहरुको बैठक बोलाएको छ । प्रमुख विपक्षी कांग्रेसले साउन १५ गते सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्नेसहितका सरकार विरुद्धका कार्यक्रमहरु तय गरेको छ ।

बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बोलाइएको बैठकमा सरकारविरुद्ध घोषित आन्दोलन र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको महामन्त्री डा. शशांक कोइरालाले जानकारी दिए । कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले साउन ३, ५ र ८ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय समेत भएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

केन्द्र र प्रदेश सरकारका गतिविधिप्रति असहमति राख्दै कांग्रेसले सरकारविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो । सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था कार्यान्व्यन गर्नुपर्ने, डा. गोविन्द केसीका माग सम्वोधन गर्नुपर्ने, निशेधित क्षेत्र तोक्न नहुने लगायतका माग राख्दै कांग्रेसले आन्दोलन घोषणा गरेको हो ।

प्रकाशित मिति: Jul 18, 2018

प्रतिक्रिया दिनुहोस्