Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिरोले बगाउँदा पवर्तमा ६ सम्पर्क विहिन, दुई दर्जन घर बगे

पर्वत : मंगलबार रातिको मुसलधारे वर्षापछि बढेको लस्ती खोलाले किनारमा गरेको कटानसँगै माथिबाट झरेको पहिरोका कारण जलजला–८ लस्तीका बमबहादुर परियार लगायत केही घर पुरिंदा ६ जना बेपत्ता भएका छन् । मंगलबार साँझदेखिको मुसलधारे वर्षापछि बढेको लस्तीखोलाले कटान गर्दा लस्तीको बरेनेटा नजिकैको गाउँ नै पहिरोको चपेटामा परेको हो ।

बेपत्ता हुनेमा बमबहादुरका १६ वर्षिय छोरा विकास परियार र अन्य ५ जनाको नामठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक रबिन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् । राति करिव १ बजे खसेको पहिरोले बरेनेटाका अरु १६ घर पहिरोले पुरिएपछि त्यहाँका बासिन्दाहरु सुरक्षित स्थानतर्फ सरेका थिए । रातको समय भएकोले कतिजना बेपत्ता छन् भन्ने यकिन नभएको स्थानीयवासी दिपेश केसीले बताए ।

घटनास्थलमा मिलनचोक प्रहरी चौकीका सहायक निरीक्षक लगायतको टोली राति नै पुगेपनि वर्षा नरोकिएकोले उद्दारमा कठिनाई भएको प्रहरी कार्यालयले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयको टोलीले पनि राति नै जाने प्रयास गरेको भए पनि मालढुङ्गा–बेनी सडकका ठाउँठाउँमा पहिरो गएर पैदल हिँड्न समेत समस्या भएपछि बिहान ८ बजेसम्म सदरमुकामको प्रहरी टोली पुग्न सकेको छैन । घटनास्थलको थप विवरण आउन बाँकी रहेको प्रहरी निरिक्षक श्रेष्ठले बताए ।

यसैबीच गएराति नै जलजला–७, धाइरिङको बांस्कोटमा स्थानीय भिमलाल आचार्यको घर पुरिंदा आचार्यसहित परिवारका ६ जना गम्भिर घाइते भएका छन् । घाइतेमध्ये केहिको टाउको र ढाडमा गम्भिर चोट लागेको स्थानीयले बताएका छन् ।मालढुङ्गा–बेनी सडकमा पहिरोका कारण उनिहरुलाई उपचारका लागि अस्पताल लैजान समेत कठीन भएको छ । पहिरोले ६ वटा चौपाया समेत मरेको स्थानीय शिव आचार्यले बताए ।

प्रकाशित मिति: Jul 18, 2018

प्रतिक्रिया दिनुहोस्