Logo
७ बैशाख २०८१, शुक्रबार
(July 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिरोले घर भत्काउँदा गोरखामा ८ महिने बालकसहित ३ को मृत्यु

गोरखा : शहिद लखन गाउँपालिका-६ घैरुङस्थित अधेँरीमा पहिरोले घर पुर्दा आठ महिने बालकसहित तिनजनाको ज्यान गएको छ।

स्थानिय प्रशासनका अनुसार बुधबार बिहान साढे ६ बजेतिर गएको पहिरोमा पुरिएर आठ महिने युनिक कुँवर, २० वर्षिय सरु कुँवर र १० वर्षिय प्रविना कुँवरको ज्यान गएको स्थानीय व्यापारी कृष्ण कुँवरले जानकारी दिए।

सरु र युनिक आमा छोरा हुन्।  ‘बिहान साँडे ६ बजेतिर पहिरोले घरको पछाडिको भाग पुर्‍यो, बन्चरोले कोठा फोडेर हेर्दा मान्छेको ज्यान गइसकेको रहेछ,’ कृष्णले भने।

पहिरोका कारण उत्त स्थानमा नेपाली सेना र प्रहरीको टोली पुग्न सकेको छैन। ‘वैकल्पीक बाटोको प्रयोग गरि सेना र प्रहरी पुग्दैछन्,’ प्रमुख जिल्ला अधिकारी नारायण भट्टराइले भने।

प्रकाशित मिति: Jul 18, 2018

प्रतिक्रिया दिनुहोस्