Logo
१३ बैशाख २०८१, बिहीबार
(July 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

असार महिनाको अन्तिम दिनसम्म कर्णाली प्रदेशमा ६६ प्रतिशतमात्रै रोपाइँ

सुर्खेत : असार महिनाको अन्तिम दिनसम्म कर्णाली प्रदेशमा ६६ प्रतिशतमात्रै रोपाइँ भएको छ ।

क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतका अनुसार कर्णाली अञ्चलका डोल्पा र जुम्लामा रोपाइँ सम्पन्न भएको छ । समयमै पानी नपर्दा कर्णाली प्रदेशमा ३४ प्रतिशत रोपाइँ अझैसम्म हुन सकेको छैन । सुर्खेत र दैलेखमा एक तिहाई मात्र रोपाइँ भएको छ ।

कर्णाली प्रदेशका हुम्लामा ९५ प्रतिशत, कालीकोटमा ९०, मुगुमा ७०, दैलेखमा ४०, सुर्खेतमा ५०, रुकुम पश्चिममा ८०, सल्यानमा ८५ र जाजरकोटमा ९५ प्रतिशत रोपाइँ भएको क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतका सूचना अधिकारी नरेन्द्र थापाले जानकारी दिए ।

अघिल्लो वर्षको यही अवधिमा कालीकोटमा ७०, हुम्लामा नौ, मुगुमा ६५, दैलेखमा ४५, सुर्खेतमा ४०, रुकुममा ७०, सल्यानमा ७८ र जाजरकोटमा ८० प्रतिशत तथा डोल्पा र जुम्लामा शतप्रतिशत रोपाइँ भएको थियो ।

‘अबको केहीदिनमै पानी नपरे खेत बाँझो रहने सम्भावना छ,’ थापाले भने–’पानी नपर्दा ब्याडमै बीउ सुक्न थालेको छ ।’ खाद्यान्न उत्पादन कम हुने कर्णाली प्रदेशमा समयमै पानी नपर्दा खाद्यान्न संकट हुन सक्ने थापा बताए ।

प्रकाशित मिति: Jul 17, 2018

प्रतिक्रिया दिनुहोस्