Logo
११ बैशाख २०८१, मंगलबार
(July 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मण्डेलाको जन्म शताब्दि समारोहमा ओबामाको सम्बोधन

जोहानेस्बर्ग : अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति एवम् महान प्रजातन्त्रवादी नेता नेल्सन मण्डेलाको जन्म शताब्दि समारोहलाई मङ्गलबार सम्बोधन गरेका छन् ।

उनीसोही प्रयोजनका लागि सोमबारै जोहानेस्बर्ग पुग्नुभएको छ । बुधबार अर्थात् हरेक वर्षको जुलाई १८ मा नेल्सन मण्डेलाको जन्मदिन पर्दछ । यस वर्ष उहाँको १०० औँ जन्मदिन हो । तर मङ्गलबारको यस समारोह उहाँको १०० औँ जन्मदिनको पूर्वसन्ध्यामा आयोजना गरिएको बताइएको छ ।

बाराक ओबामा सन् २०१७ मा अमेरिकाको राष्ट्रपतिबाट पदावधि सकिएर निस्किएपछि सार्वजनिक समारोहमा खासै उपस्थित हुने गर्नुभएको छैन । तर नेल्सन मण्डेलालाई भने ओबामाले आफ्नो जीवनको प्रेरणाको रुपमा लिने गर्नुभएको छ । त्यसैले उहाँ सो समारोहलाई सम्बोधनका लागि त्यहाँ पुग्नुभएको हो ।

मङ्गलबार यस अवसरमा आयोजना हुने कार्यक्रममा कम्तीमा पनि १५ हजार जनाको सहभागिता रहने भएको छ । उक्त सभालाई विश्वका केही नेता तथा पूर्व राष्ट्रपति ओबामाले सम्बोधन गर्नुहुने भएको बताइएको छ ।

दक्षिण अफ्रिकाको जोहानेस्बर्गमा रहेको ठूलो क्रिकेट रङ्गशालामा सो समोरोहको आयोजना गरिएको छ । मण्डेलाको जन्मदिनमा आयोजना हुने यस्तो कार्यक्रमलाई वर्षेनी भव्य बनाउने गरिएको छ । उहाँले उक्त सभामा विशेषगरी युवा बर्गलाई प्रजातन्त्र, मानवअधिकार र शान्तिको संरक्षणका लागि लाग्न आह्वान गर्नुहुने अनुमान गरिएको छ ।

सन् २०१३ मा निधन भएका नेता नेल्सन मण्डेला विश्वका प्रजातन्त्रवादी नेताका रुपमा प्रख्यात हुनुहुन्थ्यो । उहाँले दक्षिण अफ्रिकामा रङ्गभेद विरुद्धमा लामो सङ्घर्ष गर्नुभयो र त्यसका लागि उहाँले २७ वर्षसम्म जेल सजाय पनि भोग्नुपरेको थियो ।

प्रकाशित मिति: Jul 17, 2018

प्रतिक्रिया दिनुहोस्