Logo
११ बैशाख २०८१, मंगलबार
(July 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब विदेश जाँदा र आउँदा साथमा ५ हजार मात्र बोक्न पाइने

काठमाडौं, १ साउन  : विदेश जाँदा र विदेशबाट फर्कदाँ बोक्न पाउने नगदको सीमा नेपाल राष्ट्र बैंकले तोकेको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात मंगलबारदेखि लागू हुने गरी नेपाली रुपयाँ ५ हजार र अमेरिकी डलर पनि ५ हजारसम्म ल्याउन/लैजान सकिने गरी सीमा तोकिएको छ ।

सम्पत्ति सुद्धीकरण निवारण ऐन २०६४ को दफा २९(क) अनुसार नेपाली नागरिकले कार्गो, कुरीयर, हुलाक वा अन्य माध्यममार्फत रु ५ हजारसम्म वा अमेरिकी डलर ५ हजारसम्म वा सो बाराबरको अन्य विदेशी मुद्रा नेपालबाट विदेश लैजान वा विदेशबाट नेपाल ल्याउन सकिने सीमा तोकिएको विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगालाले जारी गरेको सूचनामा उल्लेख छ ।

तोकिएको सीमाभन्दा बढी रकम ल्याउने या लैजानु पर्ने बाध्यता भएको खण्डमा मुद्रा विनिमय पत्रको विवरण भन्सार अधिकारीसमक्ष र कार्गो, कुरीयर, हुलाक वा अन्य माध्यममार्फत ल्याउने/लैजाने भएमा सम्बन्धित कार्गो, कुरीयर, हुलाकसमक्ष सो कुराको उद्घोषण गर्नुपर्ने सूचनामा जनाइएको छ ।

प्रकाशित मिति: Jul 17, 2018

प्रतिक्रिया दिनुहोस्