Logo
१५ चैत्र २०८०, बिहीबार
(July 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तरिम आदेशसँगै चलचित्र विकास बोर्डमा निकिताको पुनरबहाली

काठमाडाैं, १ साउन : चलचित्र विकास बोर्डमा निकिता पौडेलको पूर्नबहाली भएको छ । सर्वोच्चले उनको नियुक्ति बदर गर्ने सरकारको निर्णय अर्को आदेश नआएसम्म कार्यान्वयन नगर्न सोमबार अन्तरिम आदेश दिएको हो । यो आदेश सँगै निकिताको चलचित्र विकास बोर्डमा पूर्नबहाली भएको हो ।

निकिताले आफू प्रक्रियागत रुपमा नै बोर्डको अध्यक्ष पदमा नियुक्त भएको भन्दै सरकारको निर्णयप्रति असहमती जनाउँदै सर्वोच्चमा उजुरी दिएकी थिइन् ।  शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ती बदर गर्ने वर्तमान सरकारको निर्णयपछि उनी पदमुक्त भएकी थिइन् ।

चलचित्र विकास बोर्डले मंगलबारबाट बक्स अफिस काठमाडौंमा लागू गराउने तयारी गरेको छ । सो कार्यक्रममा आफू सहभागी हुने निकिताले बताइन् ।

प्रकाशित मिति: Jul 17, 2018

प्रतिक्रिया दिनुहोस्