Logo
७ बैशाख २०८१, शुक्रबार
(July 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उत्कृष्ट प्रदर्शन गरेर उपविजेता बनेको क्रोएसियालाई राजधानीमा भव्य स्वागत

विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेर उपविजेता बनेको क्रोएसियालाई राजधानी जाग्रेबमा समर्थकले भव्य स्वागत गरेका छन् । समर्थकको विशाल समूह क्रोएसियाको झण्डा तथा रातो र सेतो कोठे जर्सी लगाएर टिमको स्वागतमा उपस्थित थिए । फाइनलमा फ्रान्ससँग पराजित भएपनि समर्थकले ‘च्याम्पियन–च्याम्पियन’ भन्दै नारा लगाएका थिए ।

देशको फुटबल लागि अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि दिलाएका खेलाडीलाई जाग्रेबको सेन्ट्रल स्क्वायरमा जाग्रेब बाहिरबाट पनि उल्लेख्य मात्रा समर्थकको सहभागिता थियो । फ्यानहरुलाई जाग्रेब आउन सहज होस् भनेर रेलवे कम्पनीले टिकटको मूल्य आधा घटाएको थियो ।

छत नभएको बसमा सवार खेलाडीले नगर परिक्रमाका क्रममा समर्थकलाई अटोग्राफ दिएका थिए । क्रोएसियाका प्रधानमन्त्री एन्द्रे प्लेन्कोभिचले राष्ट्रलाई ठूलो उपलब्धि दिएकोमा गौरव व्यक्त गरे । ‘क्रोएसिया टिमले विश्वकपमा गरेको प्रदर्शनले हामीलाई गर्व लागेको छ । सुन्दर फुटबलका लागि धन्यवाद ।’ प्रधानमन्त्री प्लेन्कोभिचले ट्वीट गरे ।

प्रकाशित मिति: Jul 17, 2018

प्रतिक्रिया दिनुहोस्