Logo
८ बैशाख २०८१, शनिबार
(July 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मात्र काठमाडौंमा सेवा दिएर हुदैन, कुनाकाप्चामा पनि जानुस् : अर्थमन्त्री खतिवडा

काठमाडौं, १ साउन  :  अर्थमन्त्री डा.युवराज खतिवडाले देशमा कुना काप्चाबाट पनि सेवा दिन बैंकहरुलाई निर्देशन दिएका छन् । ‘मैले अझै केही ठाउँमा बैंक पुग्न समस्या छ भन्ने सुनेको छु । समस्यारहित कुनै ठाउँ हुँदैन । तपाईंहरु जानुस, हामी सुरक्षा दिन्छौँ’ खतिवडाले भने ।

साथै उनले बैंकहरुले अब आफ्ना सेवाको विविधतातर्फ जानुपर्ने र महिलाहरुको लागि विशेष किसिमको कर्जा योजना अघि सार्नुपर्ने बताए । यस्तै सरकारले बजेट मार्फत नै हरेक नेपालीको बैंक खाता घोषणा गरेकाले अब सबै नेपालीको बैंक खाता हुनुपर्ने बताए ।

तर, ती बैंक खाता खोलेर मात्र हुँदैन सक्रिय रुपमा सञ्चालन पनि हुनुपर्ने बताउँदै खतिवडाले निक्षेपको मात्र होइन कर्जाको खातापनि सक्रिय सञ्चालनमा जोड दिन बैंकहरुसँग आग्रह गरे ।

सरकारले आजैदेखि लागु हुने गरी सबै प्रकारको भुक्तानी बैंकमार्फत गर्न निर्देशन दिइसकेको छ । पुस मसान्तसम्ममा सबैले अनिवार्य रुपमा बैंक मार्फत भुक्तानी गर्नुपर्नेछ ।

प्रकाशित मिति: Jul 17, 2018

प्रतिक्रिया दिनुहोस्