Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खोटाङ एक हजार ८ सय २४ भूकम्प पीडितलाई दोश्रो किस्ता

खोटाङ, ३२ असार : खोटाङका १ हजार ८२४ भूकम्प पीडितले आवास निर्माण वापतको दोश्रो किस्ता बुझेका छन् । २०७४ साल जेठ १९ गतेदेखि पहिलो किस्ता बापतको ५० हजार बुझेर आवास निर्माण सुरु गरेका लाभग्राहीमध्ये १ हजार ८२४ लाभग्राहीले दोश्रो किस्ता बुझेका हुन् ।

पहिलो किस्ता बुझेका खोटाङका ८ हजार १७३ लाभग्राहीमध्ये उनीहरुले दोश्रो किस्ता वापत १ लाख ५० हजारका दरले अनुदान बुझेको राष्ट्रिय पुनर्निर्माण कार्यान्वयन इकाई जिल्ला आयोजना कार्यान्वयन इकाई आवास व्यवस्थापन तथा पूर्वाधारको कार्यालयका प्रमुख सागर आचार्यले बताउनुभयो ।

२०७२ साल जेठ १२ गतेको महाभूकम्प र पराकम्पनका कारण घरविहीन बनेपछि पहिलो किस्ता लिएर डीपीसीको काम पूरा गरेका भूकम्प पीडितलाई दोश्रो किस्ताका वितरण तीव्र पारिएको राष्ट्रिय पुनर्निर्माण कार्यान्वयन इकाई जिल्ला आयोजना कार्यान्वयन इकाई आवास व्यवस्थापन तथा पूर्वाधारको कार्यालयले जनाएको छ ।

गएको वैशाख ३० गते यता हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ३३५, हलेसी तुवाचुङ नगरपालिकाका ४०३, ऐसेलुखर्क गाउँपालिकाका ४६, रावाबेँसी गाउँपालिकाका १२५, जन्तेढुंगा गाउँपालिकाका १५३, खोटेहाङ गाउँपालिकाका १९२, केपीलासगढी गाउँपालिकाका ९१, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका २११, बराहपोखरी गाउँपालिकाका १७६ र साकेला गाउँपालिकाका ९२ लागभग्राहीले दोश्रो किस्ता बुझेका छन् ।

 

प्रकाशित मिति: Jul 16, 2018

प्रतिक्रिया दिनुहोस्