Logo
१३ बैशाख २०८१, बिहीबार
(July 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सानीभेरीलाई कर्णाली प्रदेशकै पूर्ण खोपयुक्त गाउँपालिका घोषणा

रुकुम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका कर्णाली प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा भएको छ । शनिबार औपचारिक कार्यक्रमबीच जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले सानीभेरीलाई पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरेका हुन् ।

उनले कर्णाली प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा भएको भन्दै बधाई दिँदै यो कार्य अत्यन्तै सराहनीय पक्ष भएकाले यसलाई दिगो बनाई राख्नुपर्ने बताए । खोपकै अभावमा वर्षेनी हजारौँ बालबालिकाको मृत्यु हुने गरेको अवस्थामा पूर्ण खोप सुनिश्चित हुनु आफैँमा राम्रो कामको सन्देश भएको प्रमुख शर्माले बताए ।

गाउँपालिकामा रहेका दुई वर्षमुनिका बालबालिका सबैले नियमितरुपमा कुनै पनि खोप नछुटाएको पाएपछि पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो । नेपाललाई पूर्ण खोप सुनिश्चित देश बनाउने राष्ट्रिय लक्ष्यअनुसार सानीभेरी गाउँ पालिकालाई पूर्ण खोप गाउँपालिका घोषणा गरिएको गाउँपालिका स्वास्थ्य संयोजक लोकेन्द्र डाँगीले बताए । यहाँका ९५ प्रतिशत बालबालिकाले सबै खोप पूरा भएको बताइएको छ ।

 

प्रकाशित मिति: Jul 15, 2018

प्रतिक्रिया दिनुहोस्