Logo
१५ चैत्र २०८०, बिहीबार
(July 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इंग्ल्याण्डलाई २–० हराउँदै बेल्जियम विश्वकप फुटबलमा तेस्रो

एजेन्सी : विश्वकप फुटबलअन्तर्गत शनिबार भएको प्लेअफ खेलमा बेल्जियमले तेस्रो स्थान बनाउन सफल भएको छ । शनिबार साँझ रुसको सेन्ट पिटर्सवर्ग रङ्गशालामा भएको खेलमा बेल्जियमले इङ्ल्याण्डलाई २–० ले पराजित गरेको हो ।

विश्वकप इतिहासमा बेल्जियमको यो सबैभन्दा ठूलो उपलब्धि हो । यसअघि सन् १९८६ को विश्वकपमा बेल्जियम चौथो भएको थियो ।

इंग्ल्याण्ड भने फेरि एक पटक चौथो भयो । सन् १९६६ को विश्व विजेता इंग्ल्याण्डले सन् १९९० को विश्वकपमा पनि इटालीविरुद्ध तेस्रो स्थानको प्लेअफ खेलेको थियो । त्यतिबेला पनि उसले २–१ गोलको पराजय ब्यहोरेको थियो ।

बेल्जियमको जितमा थोमस म्युनियरले खेलको चौथो मिनेटमै गोल गरे । यस्तै इङ्ल्याण्डले खेलमा फर्किने प्रयास गर्दैगर्दा ८२ औं मिनेटमा फेरि अर्को खेल खायो । ८२ औं मिनेटमा बेल्जियमका इडेन हजार्डले गोल गरेका हुन् । त्यसपछि दुबै टोलीबाट कुनै गोल हुन नसकेपछि इङ्ल्याण्ड पराजित भयो र चौथो स्थानमा चित्त बुझाउन बाध्य भयो ।

प्रकाशित मिति: Jul 15, 2018

प्रतिक्रिया दिनुहोस्