Logo
१५ चैत्र २०८०, बिहीबार
(July 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको इन्गेजमेन्ट सम्पन्न

काठमाडौ : अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको इन्गेजमेन्ट भएको छ। लामो समय देखि प्रेममा रहेको यो जोडीको इन्गेजमेन्ट सम्पन्न भएको हो ।

झण्डै डेढ बर्ष प्रेममा रहेका यी दुईको शनिबार टिकाटालो भएको हो । आयुष्मानकी आमा रविना देशराजले आफ्नो इन्टाग्राममा केहि तस्बिरहरु राख्दै प्रियंकालाई बधाई दिएकी छिन् । उनले एक तस्विरमा ‘प्रियंका जोशी’ समेत लेखेकी छिन् । त्यस्तै प्रियंकाकी भाउजु साथै पुर्व मिस नेपाल जेनिसाले प्रियंका र आयुष्मानको फोटो सेयर गर्दै बधाई दिएकी छिन् ।

प्रियंका र आयुष्मानको प्रेम मात्र हो, बिहे गर्दैनन् भन्नेहरुका लागि इन्गेजमेन्टले मुख थुनिदिने पक्का छ । रविनाले प्रियंकाको पछाडि जोशी समेत थपिदिएकी छिन् । उनीहरुले बिहे कहिले गर्छन्, पक्का भएको छैन । यो बिषयमा नायिका कार्कीसँग वुझ्न खोज्दा उनको फोन उठेन ।

प्रकाशित मिति: Jul 15, 2018

प्रतिक्रिया दिनुहोस्