Logo
१२ बैशाख २०८१, बुधबार
(July 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सलमान नेपाल नआएपछि ओडीसी इन्टरटेनमेन्टका अध्यक्ष सीमान्त गुरूङ पक्राउ

काठमाडौं : बलिउड अभिनेता सलमान खान नेपाल नआएपछि ओडीसी इन्टरटेनमेन्टका अध्यक्ष सीमान्त गुरुङ पक्राउ परेका छन् । सलमानलाई नेपाल ल्याउने भन्दै पाँच हजारभन्दा धेरै टिकट बेचेर कराेड भन्दा बढी ठगी गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हाे ।

भारतीय अभिनेता सलमान खान फागुन २५ गते नेपाल आएर २६ गते प्रस्तूति दिने कार्यक्रम तय भएको थियो। तर सेक्युरिटी थ्रेट भएको भन्दै उक्त दिनको कार्यक्रम स्थगित भएको थियो। दोश्रो पटक जेठ १२ गतेको कार्यक्रम तय भए पनि उक्त कार्यक्रम हुन सकेन र सलमान खान नेपाल आएनन्।

सलमानलाई ल्याएर कार्यक्रम गर्ने भन्दै पैसा उठाएका गुरुङलाई लाजिम्पाटबाट पक्राउ गरिएकाे महागरीय अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए। कार्यक्रम स्थगित भए पनि कार्यक्रमका लागि भनेर बिक्री भएका टिकटको पैसा फिर्ता नगरेपछि गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।

प्रकाशित मिति: Jul 13, 2018

प्रतिक्रिया दिनुहोस्