Logo
८ बैशाख २०८१, शनिबार
(July 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा. केसीको समर्थनमा विरामीको ‘चेकअप’ गर्दै मण्डलामा प्रर्दशन

काठमाडौं, २९ असार : जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा आवासीय चिकित्सकहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । साथै उनीहरुले सांकेतिक विरोध जनाउने क्रममा खुला चौरमा नै विरामी जाँचेका छन् ।

एप्रोनमै बीपी सेट बोकेर प्रदर्शनमा उत्रिएका उनीहरुले विरामीको जाँच पनि गरेका छन् । सडकमा हिँडिरहेकाहरुले ब्लड प्रेसर चेक गर्नुका साथै सामान्य विरामी हेरेका थिए ।

डा. केसी १४ दिनदेखि जुम्लामा अनसनरत छन् । उनको स्वास्थ्य कमजोर बन्दै गएपछि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

 

प्रकाशित मिति: Jul 13, 2018

प्रतिक्रिया दिनुहोस्