Logo
८ बैशाख २०८१, शनिबार
(July 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कान्तिपुर दैनिक र नेपाल साप्ताहिकको प्रधान सम्पादकमा नारायण वाग्ले नियुक्त

काठमाडौँ : निजि क्षेत्रको सबैभन्दा ठुलो संचार संस्था कान्तिपुर पब्लिकेशन्सबाट प्रकाशित कान्तिपुर दैनिक र नेपाल साप्ताहिकको प्रधान सम्पादकमा नारायण वाग्ले नियुक्त भएका छन् । वाग्ले स्थापना कालदेखि नै कान्तिपुरसंग आबद्ध थिए भने सन् २००८ मा छाड्नु अघि पाँच वर्ष कान्तिपुर दैनिकको सम्पादक भइसकेका छन्।

अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले शुक्रबार एक समारोहबीच वाग्लेलाई प्रधान सम्पादक नियुक्त गरिएको बताएका हुन्। सिरोहियाले शुक्रबार नै पूर्व सम्पादक सुधीरशर्माले दिएको राजीनामा स्वीकृत गरिएको समेत जानकारी गराए।

‘उहाँ विविध कारणले यो हाउसबाट दश वर्ष अघि अलग हुनु भएको थियो’ अध्यक्ष तथा प्रबन्ध निर्देशक सिरोहियाले भने, ‘उहाँको अनुभव, इमान्दारिता र व्यावसायिकताका कारण हामीलेउहाँलाई फेरी फर्काएका छौं, उहाँको नेतृत्वमा कान्तिपुरले थप उचाई लिने छ।’

समारोहमा नवनियुक्त प्रधान सम्पादक वाग्लेले आफु टीममा विश्वास गर्ने उल्लेख गर्दै भविश्यमा कान्तिपुर र पत्रकारितालाई थप उचाईमा पुर्‍याउनका लागि सबैलाई साथ लिएर कामगर्ने बताए। ‘मैले लामो समय यही हाउसमा पत्रकारिता गरें, छाडेर बाहिर रहें। यसबीचमा मैले संगालेको अनुभव र सिकेको सीपलाई प्रयोग गर्नेछु’ उनले भने।

पूर्व प्रधान सम्पादक सुधीर शर्माले विगत दश वर्ष वाग्लेको उत्तराधिकारीको रुपमा कान्तिपुर दैनिकको समाचार कक्षलाई नेतृत्व गरेको र फेरी वाग्ले नै आफ्नो उत्तराधिकारीको रुपमापाउँदा खुशी लागेको बताए। ‘उहाँ सक्षम र अनुभवी हुनुहुन्छ’ उनले भने, ‘आफ्नो खारिएको अनुभव र योग्यताबाट कान्तिपुरलाई थप उचाईमा पुर्‍याउनेमा म विश्वस्त छु।’

समारोहमा कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत संभव सिरोहियालगायत विभिन्न विभागका प्रमुख तथा पत्रकारहरुको सहभागिता थियो।

 

प्रकाशित मिति: Jul 13, 2018

प्रतिक्रिया दिनुहोस्