Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिरोले अवरुद्ध रहेको हेटौँडा-कुलेखानी सडकखण्ड आयो सञ्चालनमा

हेटौँडा : हेटौँडा–कुलेखानी सडकअन्तर्गत पर्ने इन्द्रसरोवर गाउँपालिका वडा नं २ फाखेल स्थित सुकौरामा गएराति परेको वर्षात्ले पहिरो गई अवरुद्ध रहेको सडकमा पहिरो हटाई शुक्रबार मध्याह्नदेखि हेटौँडा–काठमाडौँको यातायातसेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

काठमाडौँबाट हेटौँडा लगायत तराई र हेटौँडाबाट काठमाडौँतर्फ गएका सुमो जीप, कार, मोटरसाइकल लगायतका साधन यातायात सञ्चालन भएपछि आ– आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

यसैगरी मदनभण्डारी सडक खण्डमा पर्ने सिस्नेरीस्थित इन्द्रसरोवर गाउँपालिका–२, ज्यामिरेमा गएराति गएकै पहिरोबाट अवरुद्ध रहेको सडकलाई पहिरो पन्छाउने कार्य भइरहेको र आज साँझसम्ममा काठमाडौँ–हेटौँडाको यातायात सेवा सञ्चालनमा ल्याइने लक्ष्य रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिएका छन् ।

प्रकाशित मिति: Jul 13, 2018

प्रतिक्रिया दिनुहोस्