Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पानी ट्यांकीभित्र डुबेर मृत्यु एक जनाको मृत्यु

भक्तपुर : सूर्यविनायक नगरपालिका–३ बालकोट नयाँ बस्ती बस्ने २३ वर्षीय सुभाष चौलागार्इंको बिहिबार पानी ट्यांकीभित्र डुबेर मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने पदमबहादुर सुनुवारको नयाँ घर कम्पाउण्ड पछाडि रहेको रिजर्भ ट्यांकीमा डुबेको अवस्थामा स्थानीयवासीले उद्धार गरी मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिले जानकारी दिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा बा ५ ख ८२७१ नं को ट्यांकरबाट पानी हाल्ने क्रममा ट्यांकीभित्र खसेर बेहोश भएका चौलागार्इंको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक हस्तबहादुर सुनारले जानकारी दिए ।

प्रहरीले पदमबहादुर सुनुवार र ट्यांकर चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान शुरु गरेको छ । मृतकका काका छत्रबहादुर चौलागार्इंले शुक्रबार प्रहरी वृत्त थिमिमा हत्या भएको भन्दै जाहेरी दिएका छन् ।

प्रकाशित मिति: Jul 13, 2018

प्रतिक्रिया दिनुहोस्