Logo
१३ बैशाख २०८१, बिहीबार
(July 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनलाई दिएको उपहार भद्र र रुपसीलाई प्रधानमन्त्रीले गरे बिदाई

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भद्र र रुपसीलाई बिदाई गरेका छन् । राजधानीको ललितपुरस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राङ्गणमा प्रधानमन्त्री ओलीले चीनलाई उपहार दिने केटा भद्र र केटी रुपसीलाई बिदाई गरेका हुन । कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भद्र र रुपसी चीनलाई उपहार दिँदा दुई देशबीच सम्बन्धनमा थप समन्वय विस्तार हुने बताए ।

‘हामीले स्वास्थ्य परीक्षण गरेर स्वस्थ्य दिएका छौँ ।’ ओलीले भने, ‘भद्र र रुपसीको राम्रो हेरविचार गर्नु हुन अनुरोध गर्दछु । यसरी हामीले गैँडा दिएपछि माइती भएका छौ ।’  केटो भद्र डेढ वर्ष र केटी रूपसी दुई वर्ष उमेरका छन् । उपहार दिने घोषणा भइसकेको अर्को जोडी अर्को वर्ष चीन पठाउने योजना छ ।

यस्तै नेपालका लागि चिनियाँ राजदुत हु हाङले चीन लगिने गैडाको राम्रो हेरविचार गरिने बताइन । हामीले आफ्नै सन्तान मानेर गैँडाको स्वास्थ्य ख्याल गरिने उनले बताई । प्रधानमन्त्री ओलीले राजदुत हाङ गैँडाको साइटिस सम्बन्धी प्रमाणपत्र, स्वास्थ्य सम्बन्धी, गैँडाको उत्पत्ति सम्बन्धी र क्वारेन्टाइन सम्बन्धी प्रमाणपत्र समेत हस्तान्तरण गरेका थिए ।

यस्तै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले भद्र र रुपसी नेपालले उपहार दिने विषयले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने बताए । अपराह्न ४ बजे काठमाडौं उत्रिने चिनियाँ बोइङ भद्र र रूपसी नामका गैँडा लिएर साँझ ६ः२० बजे फर्किनेछ । गैँडा लिन एक भेटेनरी चिकित्सकसहित दुई जना किपर आउने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले बताए ।

नेपालबाट गैँडासँगै एक जना पशु चिकित्सक र चार जना किपर पनि चीन जाने भएका छन् । ‘गैँडाको स्वास्थ्य रेखदेख र खाना खुवाउन नयाँ मान्छेलाई समस्या पर्छ, त्यसैले नेपाली प्रतिनिधि १०–१२ दिनसम्म चीनमै बस्नेछन्,’ खड्काले भने, ‘नयाँ व्यक्तिसँग बिच्किन सक्ने भएकाले नियमित जसो खाना खुवाउने नेपाली प्रतिनिधि केही दिन बसेर त्यहाँका प्रतिनिधिसँग बानी परेपछि मात्रै फर्किन्छन् ।’

नेपाल सरकारले २६ असार ०७३ मा मन्त्रिपरिषद् बैठकबाटै निर्णय गरी दुई जोडी गैँडा चीनलाई दिने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी ओलीको अघिल्लो कार्यकालका वनमन्त्री अग्नि सापकोटाले गैँडा उपहार दिनेबारे मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए । २७ पुस ०७२ मा सापकोटा चीन भ्रमणमा रहँदा भएको भेटमा चिनियाँ वनमन्त्री चाङ च्याङलोङले एकसिँगे गैँडा उपहार मागेका थिए । सापकोटाले उक्त प्रस्ताव मन्त्रिपरिषद्मा राखेपछि निर्णय भएको थियो ।

नेपालले सबैभन्दा पहिला ०४४ मा अमेरिकालाई एक जोडी गैँडा उपहार दिएको थियो । नेपालले अहिलेसम्म गैँडा, घडियाल गोही, मगर गोही, हिमालयन ब्वाँसो र चितुवा मात्र विदेशीलाई उपहार दिएको छ । सबैभन्दा धेरै उपहारका रूपमा नेपालले एकसिँगे गैँडा नै दिएको छ । नेपालले विदेशीबाट जंगली जनावर लिनेभन्दा धेरै दिने गरेको छ ।

कुन देशलाई कति जनावर उपहार ? 

अमेरिका – गैँडा ४
भारत – गैँडा ४
जर्मनी – गैँडा, घडियाल गोही २/२
सिंगापुर – गैँडा २
बंगलादेश – गैँडा २
फ्रान्स – घडियाल गोही ६
भुटान – घडियाल गोही २
साउदी अरेबिया – चितुवा २
बेलायत – गैँडा २
जापान – गैँडा २
जापान – घडियाल र मगर गोहीका अण्डा ६०/६०

प्रकाशित मिति: Jul 12, 2018

प्रतिक्रिया दिनुहोस्