Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नाकाबन्दीका बेला चिसिएको भारतसँगको सम्बन्ध अब बराबरीमा आएको छ : प्रधानमन्त्री

काठमाडौं, २७ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-भारतबीचको सम्बन्धलाई समान हैसियतमा पुर्याउन आफू सफल भएको दावी गरेका छन् ।

उनले सरकार विनापूर्वाग्रह राष्ट्र निर्माणमा समर्पित भएर लागि परेको दावी गर्दै सरकारमाथि हुने आलोचना, सुझाव, टिप्पणीलाई स्वागत गरेर अघि बढने पनि स्पष्ट पारे ।

ओलीले नाकाबन्दीका बेला चिसिएको भारतसँगको सम्बन्धलाई आफूले नेपालको इतिहासमै पहिलोपटक बराबरीको हैसियतमा ल्याउन सफल भएको पनि स्पष्ट पारे ।

काठमाडौं बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणपछि भारत र चीनसँग कुनै चिसोपना, आशंका नरहेको दावी पनि गरे ।

उनले प्रमुख प्रतिपक्ष काँग्रेसप्रति लक्षित गर्दै गालीगलौज र अश्लिलताभित्र कुनै दम नहुनेमा आफू सचेत रहेको समेत बताए ।

प्रधानमन्त्री ओलीले सरकार बलियो भएकाले यसलाई ढाल्ने खेल सम्भव नभएको समेत बताए । उनले मुलुकको समृद्धिका लागि बाह्य तथा आन्तरिक परिस्थिति सबैभन्दा अनुकूल रहेको पनि स्मरण गराए ।

प्रकाशित मिति: Jul 11, 2018

प्रतिक्रिया दिनुहोस्