Logo
१२ बैशाख २०८१, बुधबार
(July 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुरोटको लत छुटाउन नसकेर चिन्तित हुनुहुन्छ ? अपनाउनुहोस् यी उपाय

चुरोटको लत लागेपछि छोड्न मुस्किल भएको अनुभव धेरैको पाइन्छ । छुटाउन धेरै डाक्टरहरुकोमा गएको बिभिन्न सल्लाह लिएको तर सकिन भन्नेहरु पनि धेरै भेटिन्छन् । लतकै कारणले स्वास्थयमा गम्भिर असर आएर ज्यान समेत जाने गरेको धेरै घटनाहरु पनि सुनिन्छन् ।

चुरोटको लत छुटाउन नसकेर चिन्तित हुने सबैको लागि केही उपयोगी जानकारी जान्नुहोस् ।

१. सबै भन्दा पहिले म धुम्रपान छोड्छु भनेर ढृढ निश्चय गनुहोस् । तपाइले स्वयंमलाई नियन्त्रणमा राख्न सक्नु पर्दछ ।

२. आफु संग भएको चुरोटको स्टक हटाउनुहोस् ।

३. थकानको कारण चुरोट पिउन मन लाग्ने धेरैले बताउछन् तसर्थ थकाई महशुस हुदा गरीने केही सरल उपाय छन् । एक छिन आंखा बन्द गरेर बेडमा पल्टनुहोस् लामो लामो सास तान्ने छोड्ने गनुहोस् । कार्यलयमा हुनुहुन्छ भने आफु बसेको कुर्सिमा नै आंखा बन्द गरेर लामो लामो सास तान्ने छोड्ने गनुहोस् । पानी पिउनुहोस् ।

४. चुरोटको लत छुटाउन चिया पनि पिउन सक्नु हुन्छ । ग्रिन टि प्रयोग गर्ने ।

५. धेरै नै लत लागेको ब्यक्तिले सौंफलाई घाममा सुकाएर राख्ने र चुरोट पिउन मन लागेको बेला आधा चम्चा चम्चा सौंफलाई चपाउन सकिन्छ जसले चुरोटको तलतल मेटाउछ ।

६. चुरोट पिउन मन लागेको बेला अरु नै खानेकुरा खाने वा अन्य काममा ध्यान केन्द्रित गर्ने ।

प्रकाशित मिति: Jul 11, 2018

प्रतिक्रिया दिनुहोस्