Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कान्तिपुरबाट सुधिर शर्मा र अखिलेश उपाध्ययले दिए राजिनामा

काठमाण्डौं, २६ असार : देशको सवैभन्दा ठूलो नीजि क्षेत्रको प्रकाशन गृहमा उथलपुथल भएको समाचार छ । कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधिर शर्मा र दि काठमाण्डौं पोष्ट दैनिकका प्रधान सम्पादक अखिलेश उपाध्ययले आज आफ्नो आफ्नो पदबाट सयुक्त रुपमा राजीनामा दिएको बताइएको छ ।

सम्पादकद्धय शर्मा र उपाध्ययले आजै राजीनामाबारे न्युज रुमलाई जानकारी दिएको समाचार छ । यद्धपि यसको औपचारिक पुष्टि भएको छैन । सम्पादकद्धय शर्मा र उपाध्ययले करिब १० बर्ष अगाडि उक्त पत्रिकामा सम्पादक भएका थिए । कान्तिपुर र काठमाण्डौं पोष्टको सम्पादक को बन्ने भन्ने पनि अनिश्चित छ ।

शुत्रका अनुसार कान्तिपुर मिडिया ग्रुपका प्रकाशक तथा अध्यक्ष कैलाश सिरोहियाले भारतीय दैनिक पत्रिका टाइम्स अफ इन्डियाका पुर्व कर्मचारी रजनिश गोयल नाम गरेका व्यक्तिलाई लाई मिडिया ग्रुपको अध्यक्षपछिको बरियता दिदैँ भित्र्याएपछि प्रधानसम्पादक द्वयले राजीनामा दिइएको बुझिएको छ ।

प्रकाशित मिति: Jul 10, 2018

प्रतिक्रिया दिनुहोस्