Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वकप सेमिफाइनल सुरु : फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा

विश्वभरका फूटवल पारखीहरुको खेल मानिएको विश्वकप फुटबलको पहिलो सेमिफाइनल खेल मंगलबारबाट सुरु हुँदैछ । पहिलो खेलमा फ्रान्स र बेल्जियम आमने सामने हुनेछन् । यो खेल नेपाली समयअनुसार राति पौने १२ बजे सुरु हुने छ ।फ्रान्स र बेल्जियम तेस्रो वर्षपछि प्रतिस्पर्धामा उत्रिन लागेका हुन् । सन् २०१५ को स्टेड डी फ्रान्समा भएको खेलमा बेल्जियम ४–३ ले विजयी भएको थियो । फ्रान्स २००६ पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल भयो । यसैगरी बेल्जियम १९८६ पछि पहिलो पटक सेमिफाइनलमा पुग्न सफल भएको हो ।

बेल्जियम र फ्रान्सबीच पहिलो प्रतिस्पर्धा मे १९०४ मा ब्रसेल्समा भएको थियो । यो प्रतिस्पर्धा ड्र भएको थियो । त्यसबेलादेखि अहिलेसम्म अन्तर्राष्ट्रियस्तरमा दुवै टिम ७३ पटक प्रतिस्पर्धामा उत्रिएका छन् । त्यसमध्ये बेल्जियम ३० पटक र फ्रान्स २४ पटक विजयी भएका छन् । १९ खेल भने बराबरी भएको थियो ।

अन्तर्राष्ट्रिय टुर्नामेन्टमा भने यी दुई टिम तीन पटक भिडेका छन् र तीनवटै खेलमा फ्रान्सले वाजी मारेको छ । जारी विश्वकपमा बेल्जियमले पाँच खेल खेलेको छ र सबै खेलमा विजयी भएको छ । यसअघि कुनै पनि विश्वकपमा लगातार यति धेरै जित निकाल्न बेल्जियमले सकेको थिएन । बेल्जियमका ९ खेलाडीले गोल गरेका छन् । सबैभन्दा धेरै गोल गर्नेमा पनि शीर्ष स्थानमा छन् ।

यसैगरी फ्रान्स पनि जारी विश्वकपमा अपराजित छ । यसअघि फ्रान्स १९५८, १९८२, १९८६, १९८८ र २००६ को विश्वकपमा पनि सेमिफाइनलसम्म पुगेको थियो । मंगलबारको खेलमा सबैको नजर बेल्जियमको गोलकिपर कोर्टियस र फ्रान्सका ह्युगो लोरिसमाथि रहेको छ । त्यसो त महंगा र कान्छा खेलाडी फ्रान्सका एम्बाप्पेप्रति पनि धेरैको नजर रहने छ । फ्रान्सलाई विश्वकपमा छैठौं पटक सेमिफाइनलसम्म पु¥याउन १९ वर्षे फरवार्ड किलियन एम्बाप्पेको अहम भूमिका छ ।

प्रकाशित मिति: Jul 10, 2018

प्रतिक्रिया दिनुहोस्