Logo
८ बैशाख २०८१, शनिबार
(July 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कैलाश विकास बैंकबाट वित्तीय साक्षरता प्रदान

काठमाडौं : कैलाश विकास बैंक लि.को सहयोगमा रत्नपूरी बचत तथा ऋण सहकारी संस्थाका शेयरधनी महानुभावहरुलाई वित्तीय जानकारी प्रदान गर्ने उद्देश्यले वित्तीय सचेतना कार्यक्रम सम्पन्न भयो ।

पोखरा ७ मा अवस्थित हिमाञ्चल बोर्डिङ स्कुलको सभा हलमा सम्पन्न उक्त कार्यक्रमको सहजकर्ताको भुमिका यस बैंकका सहायक महाप्रवन्धक सुर्य प्रसाद तिवारीले निभाउनु भएको थियो । उक्त कार्यक्रममा त्यस रत्नपूरी बचत तथा ऋण सहकारी संस्थाका १०० भन्दा बढि शेयरधनी महानुभावहरुले भाग लिनुभएको थियो ।

उक्त कार्यक्रममा सहजकर्ता सुर्य प्रसाद तिवारीले बैंक तथा वित्तीय संस्थाको महत्व, बैंकिङ जनचेतना, यसका फाईदा, बैंकले कसरी कार्य गर्दछ भन्ने कुरालाई प्रष्ट पार्दै अहिलेको विद्यमान समस्या तथा चुनौतीका साथै हाल भैरहेका बैंकिङ फ्रड तथा यसबाट बच्न अपनाउनु पर्ने उपायहरुको बारेमा जानकारी प्रदान गर्नु भएको थियो ।


उक्त अवसरमा यस सहकारी संस्थाका शेयरधनी मात्रिका राज घिमिरेले यस्तो कार्यक्रम बैंक तथा वित्तीय संस्थाहरुले गर्दै जानुपर्ने र आम नागरिकलाई बैंकिङ बानीको विकास गर्नु पर्ने कुरालाई जोड दिदै यसबाट बैंक तथा वित्तीय संस्थालाई फाइदानै पुग्ने बताउदै यसले हाल विद्यमान राष्ट्र बैंकले जारी गरेको वित्तीय सचेतना अभियानलाई ठूलो टेवा पुग्ने छ र आम मानिस सचेत रहन मद्दत पुग्ने कुराको जानकारी गराउनु भयो ।

कार्यक्रममा थप जानकारी गराउँदै यस बैंकका सहायक महा प्रवन्धक सूर्य प्रसाद तिवारीले बैंकले ५३ वटा शाखाबाट र २५ वटा एटिएमबाट बैंकिङ सेवा प्रदान गदै आएको र निकट भविष्यमानै थप शाखामार्फत सेवा प्रदान गर्ने कुराको जानकारी गराउनु भयो । २ अर्ब ५२ करोड चुक्ता पूँजी रहेको बैंकको २२ अर्ब ०३ करोड निक्षेप तथा १९ अर्ब ६५ करोड ऋण लगानी भएको छ ।

यस बैंकले मोबाइल बैंकिङ, आस्वा, डिम्याट, सन्ध्याकानिल सेवा, ३६५ दिने सेवा लगायतका अत्यधुनिक बैंकिङ सेवाबाट आफ्ना ग्राहकमहानुभावहरुलाई सेवा प्रदान गर्दै आएको छ भन्ने कुराको समेत जानकारी प्रदान गर्नु भयो ।
रत्नपुरी बचत तथा ऋण सहकारी संस्थाका जेष्ठ सदस्य जित बहादुर महतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका सल्लाहकारहरु, संचालक समितिका सदस्यहरु तथा कैलाश विकास बैंक रत्नचोक शाखामा कार्यरत कर्मचारीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: Jul 9, 2018

प्रतिक्रिया दिनुहोस्