Logo
१३ बैशाख २०८१, बिहीबार
(July 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुनैपनि मजदुरको न्यूनतम तलब १३ हजार ४५० पुर्‍याउन सिफारिस

काठमाडौं, २५ असार : सरकारले आन्तरिक मजदुरको तलव तोक्ने भएको छ । न्यूनतम् पारिश्रमिक निर्धारण समितिले सरकारलाई मजदुरको तलव १३ हजार ४५० रुपैयाँ बनाउने गरी सिफारिस गरेको हो । अब श्रम तथा रोजगार मन्त्रालयले सोमबार नै यसबारे अन्तिम निर्णय लिनेछ ।

यो वर्षबाटै समाजिक सुरक्षा ऐन पनि लागू हुनेछ । यो समेत जोड्दा मजदुरको तलब झण्डै १६ हजार पुग्नेछ । समाजिक सुरक्षाबापत मजदुरको सञ्चय कोष, उपदान लगायतका व्यवस्था पनि अनिवार्य गरिँदैछ ।

यसअघि मजदुरको न्यूनतम् तलव ९ हजार ७ सय रुपैयाँ थियो । साउनबाट ३७ सय ५० रुपैयाँ थप्ने गरी समितिले सिफाररिस गरेको श्रम मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।

सरकारले आगामी वर्षबाटै मजदुरको तलब बैंक खाताबाट भुक्तानी गर्न अनिवार्य गर्ने पनि तयारी गरेको छ ।

प्रकाशित मिति: Jul 9, 2018

प्रतिक्रिया दिनुहोस्