Logo
१५ चैत्र २०८०, बिहीबार
(July 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोन्याक आदिवासी समुदायका राजा जस्को ६० वटी श्रीमती छन्

यो दुनियाँमा एकजना यस्ता मानिस छन् जसले एकदुई जना होइन पूरै ६० जना पत्नीलाई मिलाएर राखेका छन् ।

आधुनिक युगमा समेत ६० वटी पत्नीका जोई हुनु कुनै चानचुने कुरा होइन । उनी कोन्याक आदिवासी समुदायका राजा हुन् ।

उनको नाम अंग नगोवांग हो । उनको राज्यमा कूल ७५ वटा गाउँ छन् । भारत र म्यान्मारको बीचमा पर्ने आदिवासी क्षेत्र यिनको राज्य हो । गाउँको आधा हिस्सा भारतमा र आधा हिस्सा म्यान्मारमा पर्दछ । यो राज्यका मानिसहरु म्यान्मारमा खाना खाएर भारतमा सुत्न जान्छन् भनिन्छ ।

यी राजाका छोरा म्यान्मारको सेनासँग आबद्ध छन् । यो राज्यका मानिसहरुलाई भारत र म्यान्मार दुबै देशको नागरिकता दिइएको छ । गाउँलेहरु निकै खुसी छन् ।

राजा अंग नगोवांग आफ्ना ६० जना पत्नीसाथ निकै सुखभोग गरिरहेका छन् । राजाको सबै काम प्रजाहरुले गरिदिन्छन् र रानीहरुका सबै इच्छा राजाले पूरा गरिदिन्छन् । ६० वटी पत्नी मिलिजुली राजाको स्याहार तथा हेरचाह गर्दै आएका छन् । राजा हरेक इच्छा उनीहरुले पूरा गर्ने गरेका छन् ।

एजेन्सी

प्रकाशित मिति: Jul 9, 2018

प्रतिक्रिया दिनुहोस्