Logo
७ बैशाख २०८१, शुक्रबार
(July 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डुबानमा परेपछि सुस्ताका किसानले भत्काए भारतीय नहर

नवलपरासी, १९, असार : वर्षाको कारण पश्चिम नवलपरासीको सुस्ता गाउपालिका वडा नम्बर २ लक्ष्मीपुरमा धानखेती डुवानमा परेपछि स्थानियले नहर फुटाएर पानीको नीकास गराएका छन्।

भारतीय पक्षले रानीनगर साईफन सफा नगर्दा आफुहरुको खेत डुवानमा परेको भन्दै स्थानियले सोमबार राति नहरको डिल फुटाएका हुन्।

भारतीय पक्षले साईफनहरु सफा गर्ने आश्वासन दिएर झाराटाराई किसिमले मात्र सफा गरेको देखाएको र नहरकै कारण करिव ३ सय विगाहा क्षेत्रफलमा लगाईएको धान खेती डुवानमा परेपछि किसानहरु आफैले रातको समयमा नहरको डिल फुटाएको सुस्ता गाउँपालिका–२ का अध्यक्ष कृष्णलाल मुखियाले बताए।

किसानले रातको समयमा नहर फुटाएकोले आफुले बिहान मात्र खबर पाएको मुखियाले जानकारी दिए। नहरको डिल काटेर पानी निकास गराएपछि डुवानमा परेको खेतमा पानी घटिसकेको छ।

अहिले नहरमा किसानहरु आक्रोसित भैरहेका छन् भने भारतीय पक्षका जिम्मेवार निकायलाई जानकारी गराईसकिएको र भारतीय पक्षका प्रतिनिधिहरु आएपछि छलफल गरिने गाउपालिका प्रमुख रामप्रसाद पाण्डेले बताए।

भारतीय नहरका कारण सो क्षेत्र वर्षेनी डुवानमा पर्ने गरेको छ। भारतीय नहरकै कारण आफुहरु डुवानमा पर्नेगरे पनि भारतीय पक्षले कुनै चासो नदिएको र पटक–पटक क्षति भोग्नुपरेको भन्दै स्थानियले गत वर्ष पनि नहर फुटाउने प्रयास गरेका थिए।

प्रकाशित मिति: Jul 3, 2018

प्रतिक्रिया दिनुहोस्