Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दैनिक पत्रिकाको कार्यालयमा गोली चल्दा पाँच जनाको मृत्यु

अमेरिकाको मेरिल्याण्डस्थित एक पत्रिकाको कार्यालयमा गोली चल्दा पाँच जनाको मृत्यु भएको छ । केही घाइते छन् ।क्यापिटल ग्याजेटको समाचार कक्षभित्र छिरेर एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका हुन् । संदिग्ध हमलाकारीलाई एक जना श्वेत पुरुष भनेर चिनाइएको छ र उनलाई प्रहरीले नियन्त्रणमा लिएका छन्।

क्यापिटल गजेट अखबारका एक जना सम्वाददाताले बन्धुकधारीले अखबारको कार्यालयको सिसाको ढोकाबाट गोली चलाएको भन्दै ट्वीट गरेका छन्। राष्ट्रपति ट्रम्पकी सञ्चार अधिकारी सेराह सेन्डर्सले हत्याको निन्दा गर्दै निर्दोष पत्रकारहरूविरुद्धको आक्रमण अमेरिकामाथिको आक्रमण भएको प्रतिक्रिया दिएकी छन्।

एनापोलिस स्थित क्यापिटल गजेट भवनभित्र रहेका कर्मचारीहरूले बन्धुकधारीले सिसाको ढोका बाहिरबाट समाचार कक्षमा गोली चलाएको जानकारी दिएका छन्। हालै समाजिक सञ्जालमार्फत उक्त अखबारलाई हिंसात्मक आक्रमण गर्ने धम्की दिइएको थियो।

प्रहरीले योजनाबद्ध रूपमा आक्रमण गरिएको उल्लेख गरेको छ। म्यारिल्याण्डमा बस्ने ३० वर्षका एक जना गोरा पुरूषलाई पक्राउ गरी उक्त हमलाका बारेमा सोधपुछ गरिदैँछ। उनले प्रहरी अधिकारीहरूलाई असहयोग गरिरहेको विवरण आएका छन्। उनले आफ्नो पहिचान नखुलोस भनेर आफ्नो औलाँको टुप्पोमा क्षति पुर्‍याएको स्थानीय समाचारहरूले उल्लेख गरेका छन्।

उनले बोकेको झोलाबाट नक्कली ग्रिनेड फेला परेको बताइएको छ। प्रहरीले उनले ठूलो आकारको बन्दुकको प्रयोग गरेको जनाएका छन् तर विस्तृत विवरण दिएका छैनन्। प्रहरीले घटनास्थल आसपासमा विस्फोटक समग्री जस्तो देखिने बस्तु फेला पारेको र त्यसलाई निस्क्रिय पारेको उल्लेख गरेको छ।

अन्य व्यापारिक कार्यालयहरूसमेत रहेको उक्त भवनबाट १७० जनालाई उद्धार गरिएको बताइएको छ। एक जना संवाददाता फिल डेभिसले ट्विटरमा बन्धुकधारीले हमला गरिरहँदाको त्रास अभिव्यक्त गरेका छन्। वासिङटन डीसीबाट पूर्वमा पर्ने अखबारको कार्यालयमा गोली चलेको समयमा रहनु युद्ध क्षेत्रमा फस्नु जस्तै भएको उनले उल्लेख गरेका छन्।

प्रकाशित मिति: Jun 29, 2018

प्रतिक्रिया दिनुहोस्