Logo
७ बैशाख २०८१, शुक्रबार
(June 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वपदाधिकारी समेत राष्ट्रपतिदेखि सभामुखसम्मलाई राज्यबाट नियमित सुविधा

काठमाडाैं : सरकारले पूर्वपदाधिकारीका रूपमा राष्ट्रपतिदेखि सभामुखसम्मलाई राज्यबाट नियमित सुविधा उपलब्ध गराउने गरी विधेयक ल्याउने तयारी गरेको छ । गृह मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा कानुन र अर्थ मन्त्रालयले सहमति दिइसकेका छन् ।

मस्यौदा मन्त्रिपरिषद्मा लैजाने तयारी भएको गृह मन्त्रालयले जनाएको छ । सरकारले पूर्वपदाधिकारीका रूपमा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री/मन्त्रिपरिषद्का अध्यक्ष, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख/संविधानसभा अध्यक्ष/राष्ट्रिय सभा अध्यक्ष भई निवृत्त भएका व्यक्तिलाई सुविधा दिने ऐन ल्याउन लागेको हो ।

केही पूर्वपदाधिकारीहरूले पहुँचका आधारमा सुविधा लिएर आलोचित बन्न थालेपछि सरकारले ऐन ल्याउन लागेको हो । यसअघि पनि पटक–पटक ऐनको मस्यौदा भए पनि पूर्वपदाधिकारीहरूलाई सेतो हात्तीका रूपमा पाल्न खोजिएको भन्दै आलोचना भएको थियो ।

नयाँ मस्यौदामा पूर्वराष्ट्रपतिले मासिक ५० हजार र पूर्वउपराष्ट्रपतिले मासिक ४० हजार भत्ता पाउने उल्लेख छ । तर, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशलाई भने मासिक भत्ता नदिने उल्लेख छ । यस्तै, सरकारले काठमाडौं उपत्यका वा कुनै प्रदेश राजधानीमा घर नहुने पूर्वराष्ट्रपतिलाई मासिक दुई लाख रुपैयाँ घरभाडा दिइने व्यवस्था प्रस्ताव छ ।

ती ठाउँमा घर भएमा भने मासिक एक लाख घर मर्मत खर्च पाउनेछन् । यस्तै, पूर्वउपराष्ट्रपति/प्रधानमन्त्री, प्रधानन्यायधीश/सभामुखले भने घर भाडा शीर्षकमा मासिक ७५ हजार मात्र प्राप्त गर्नेछन् ।

-सुविधामासिक भत्ता
-राष्ट्रपतिलाई मासिक ५० हजार
-उपराष्ट्रपतिलाई ४० हजार
-आवास सुविधा

-काठमाडौं उपत्यका वा कुनै प्रदेश राजधानीमा घर नहुने पूर्वराष्ट्रपतिलाई मासिक दुई लाख रुपैयाँ घरभाडा दिने ।
पूर्वउपराष्ट्रपतिरप्रधानमन्त्री, प्रधानन्यायाधीशरसभामुखलाई मासिक ७५ हजार घरभाडा ।

-सवारीसाधन तथा इन्धन सुविधा
-हरेक पदाधिकारीलाई एउटा सवारीसाधन र मर्मतका लागि मासिक २५ हजार रुपैयाँ दिने ।
-इन्धन : हरेक पूर्वपदाधिकारीलाई मासिक दुई सय लिटर पेट्रोल/डिजेल र प्रत्येक तीन महिनामा पाँच लिटर मोबिल ।
-निजी सचिवालय र कर्मचारी
-पूर्वराष्ट्रपतिले उपसचिवस्तरको कर्मचारी, सवारीचालक र कार्यालय सहयोगी एक–एकजना पाउनेछन् ।
-पूर्वराष्ट्रपतिबाहेक अन्य पूर्वपदाधिकारीले शाखा अधिकृतस्तरको एकजना र सवारीचालक एकजना पाउनेछन् ।
-सुरक्षासम्बन्धी व्यवस्था
-पूर्वपदाधिकारीको सुरक्षा खतराको मूल्यांकन गरी आवश्यक सुरक्षा
-उपलब्ध गराइनेछ ।
-सुविधा प्राप्त नहुने अवस्था
-सरकारी कोषबाट पारिश्रमिक पाउने गरी निर्वाचित, मनोनीत वा नियुक्त भई सार्वजनिक पदमा बहाल रहेसम्म ।
-महाअभियोग लागेर पदमुक्त भएमा ।
-नैतिक पतन देखिने फौजदारी
-अभियोगबाट कसुरदार ठहरिएकोमा ।

प्रकाशित मिति: Jun 25, 2018

प्रतिक्रिया दिनुहोस्