Logo
७ बैशाख २०८१, शुक्रबार
(June 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘सञ्जु’को अर्काे नयाँ टीजर सार्वजनिक, आमाको भुमिकामा मनीषा कोइराला (भिडियो सहित)

राजकुमार हिरानी निर्देशित फिल्म ‘सञ्जु’को अर्काे नयाँ टीजर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको उक्त टिजरमा रणबीर कपुर संजय दत्तको सुपरहिट फिल्म ‘मुन्ना भाई एमबीबीएस’को जस्तै भेषमा देखिएका छन । जुन टिजर सार्वजनिक गरिएको छ, त्यसमा रणबीर मुन्ना भाई फिल्मको एक प्रसिद्ध दृश्यलाई दोहर्याईरहेका देखिन्छन ।

‘संजु’को यस टिजरलाई ‘मुन्ना भाई एमबीबीएस ०.२’ नाम दिईएको छ । ०.२ मा नामाकरण गर्नुको खास कारण अरु केही नभएर टिजरमा आवाजदेखि लिएर फिल्मको सेट तथा स्क्रिनमा देखिएका सबै मान्छेहरु फिल्मबाटै लिएका हुन । यसमा केवल फिल्ममा इफेक्टको आधारबाट संजय दत्तको ठाउँमा रणबीर कपुरलाई देखाइएको हो ।

जून २९ मा प्रर्दशनीको तयारीमा रहेको फिल्म ‘सञ्जु’ बलिउड अभिनेता संजय दत्तको जिवनीमा आधारित आधिकारिक बायोपिक हो । यसमा रणबीर कपुरले संंजय बाबाको भुमिका निभाईरहेका छन । त्यतिमात्र नभएर संजय दत्तको जिन्दगीसंग जोडिएका कयौं व्यक्तिहरुलाई पनि यस फिल्ममा देख्न सकिने छ ।

मे ३० मा सार्वजनिक गरिएको पहिलो ट्रेलर दर्शकले धेरै मन पराएका छन । रणबीरको साथसाथै अन्य कलाकारको पनि यतिवेला खुब चर्चा भैरहेको र सार्वजनिक गरिएको गीत पनि धेरै लोकप्रिय बनेको छ । फिल्ममा रणबीरका अतिरीक्त परेश रावलले संजयका बुवाको भुमिका निभाएका छन भने आमाको भुमिकामा मनीषा कोइरालाले साथ दिएकी छिन ।फिल्ममा अरु कलाकार अनुष्का शर्मा तथा विकी कौशल र सोनम कपुरको पनि अदभुत अभियन देख्न पाईनेछ ।

प्रकाशित मिति: Jun 23, 2018

प्रतिक्रिया दिनुहोस्