Logo
८ बैशाख २०८१, शनिबार
(June 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सलमान खान समेत शाहरुख खानको फिल्म ‘जिरो’ प्रदर्शनको तयारीमा

बलीउडका बादशाह भनिएका तर पछिल्लो समय खासै जम्न नसकेका शाहरुख खानको फिल्म दर्शकमाझ चाडै आउने तयारी भइरहेको छ । यसपटक उनी सलमान खानका साथमा देखिनेछन् । सलमान र शाहरुखको यो जोडीलाई दर्शकले धेरैपछिमात्र संगै देख्नपाउने भएका छन । शहरुखानले सामाजिक संजालमा फिल्मको टिजर राख्दै इदको उपहार भनेर देखाएको फिल्मको छायांङकनको काम सकिएकोेपनि जानकारी गराएका छन ।

डिसेम्बरको अन्ततिर रिलिज हुने अपेक्षा गरिएको जिरोको तयारी जोडतोडका साथ चलिरहेको छ । फिल्म छायाङ्कनको सुरुवात देखीनै चर्चा बटुलिरहेको यस फिल्ममा शाहरुख बामे (हाचो कद) को भुमिका निभाइरहेका छन । ईदको मौकामा शाहरुखले आफना प्रशसकहरुलाई जिरोको टिजर प्रर्दशन गरेका थिए जस्मा अर्का सुपरस्टार सलमान खानपनि संगै देखीएका छन ।

शहरुखले लेखेका छन ‘एक फिल्मको छायाङ्कन कहिले सकिदैन तर यस्का वरपरको शुन्दर चिजविजहरु सकिएर गैसक्छन । सबैलाई भव्य र व्यस्त छायाङ्कनको लागी धन्यबाद ।’ फिल्ममा सलमान खानकासाथै अनुष्का जो बैज्ञानिकको भुमिकामा देखीने भएकी छिन भने कटरिना एक ग्लायामरसको रुपमा देखीने जानकारी गराईएको छ । फिल्ममा शाहरुख खान एकदमै राम्रा लागीरहेका छन ।

कट्ररिना, अनुष्का र शाहरुख खान जोडी यो भन्दा पहिले फिल्म ‘जब तक हे जान’ मा संगै देखीसकेका छन । फिल्म ‘जिरो’को निर्देशन आनन्द एल रायले गरेका हुन । फिल्ममा सलमान खानका साथै अरुपनि धेरै बलिउड कलाकार पनि सानो भुमिकामा देखीदै छन । दिवंगत श्रीेदबीलाई पनि एकचोटी यस्मा देख्न सकिने छ । फिल्म २१ डिसेम्बर २०१८ मा प्रर्दशनमा आउने छ ।

प्रकाशित मिति: Jun 23, 2018

प्रतिक्रिया दिनुहोस्