Logo
१२ बैशाख २०८१, बुधबार
(June 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी रहेका एसईई नतिजा आउदै

काठमाडौँ, असार ९ : राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज शनिबार प्रकाशित गर्न लागेको छ ।

शनिबार दिउँसो ३ बजे नतिजा प्रकाशनका लागि बोर्ड बैठक डाकिएको छ। ४ बजे पत्रकार सम्मेलन राखिएको छ। परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सम्पूर्ण तयारी सकिएकाले शनिबार ४ बजेसम्म नतिजा सार्वजनिक गर्न लागेको जानकारी दिए।

नतिजा सार्वजनिक गरेसँगै त्यसलाई काठमाडौं वर्ल्ड स्कुलसँगको सहकार्यमा ईकान्तिपुर डटकमले आफ्नो साइटमा प्रकाशित गर्ने छ।नतिजा हेर्नका लागिरिजल्टस् डट ईकान्तिपुर डटकममा लगइन गर्नुका साथै रिजल्टस् र सिम्बल नम्बर लेखेर ३५००१ मा एसएमएस गरेर प्राप्त गर्न सकिने छ।

गतवर्षकाे एसईईपरीक्षामा ७७ वटै जिल्लाका एक हजार ९ सय ५६ केन्द्रमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका थिए। नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी थिए।

प्रकाशित मिति: Jun 23, 2018

प्रतिक्रिया दिनुहोस्