Logo
८ बैशाख २०८१, शनिबार
(June 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समृद्ध मुलुक निर्माणका लागि नागरिक स्वास्थ्यमा प्राथमिकता : मन्त्री थापा

म्याग्दी : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले समृद्ध मुलुक निर्माणका लागि सरकारले नागरिकको स्वास्थ्यमा प्राथमिकता दिएको बताएकी छिन् ।

समाज कल्याण परिषद्अन्तर्गत राष्ट्रिय स्वास्थ्य कोषले शुक्रबार म्याग्दी अन्नपूर्ण गाउँपालिका पोखरेबगरमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै उनले भनिन्, ‘विशेषगरी दुर्गम तथा विकट क्षेत्रका नागरिकको स्वास्थ्य उपचारमा सरकारको प्राथमिकता छ । मन्त्री थापाले सरकारले ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको हकमा रु एक लाखसम्मको स्वास्थ्य बीमाको व्यवस्था गरेको जानकारी दिदैं महिलाको आयआर्जन वृद्धिका लागि मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन गर्न रु २९ करोड ५७ लाख बजेट विनियोजन गरिएको छ’ भनिन् ।

कृषि, पर्यटन, पशुपालन र लघुउद्यमको विकास गरी महिला तथा युवालाई स्वरोजगार बनाउने कार्यक्रमलाई प्राथमिकता दिएको छ, उनले भनिन् । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले कृषि, पर्यटन, जलविद्युत्, जडीबुटी क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणमा सघाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति: Jun 22, 2018

प्रतिक्रिया दिनुहोस्