Logo
७ बैशाख २०८१, शुक्रबार
(June 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदमा मन्त्री अधिकारीको जवाफ : हवाइ क्षेत्रमा उल्लेख्‍य प्रगति भएको छ

काठमाडौ : नागरिक उड्डयन प्राधिकरण तथा सस्कृति मन्त्री रविन्द्र अधिकारीले नेपालको हवाई यातायातको क्षेत्रमा उल्लेख्य प्रगति भएको संसदलाई जानकारी गराएका छन्। शुक्रबारको प्रतिनिधिसभाको बैठकमा मन्त्री अधिकारीले आफूले मन्त्रालयको जिम्मेवारी लिए संगै हवाई क्षेत्रमा व्यापार सुधार देखिएको दाबी गरेका हुन्।

उनले नयाँ सरकार बने सङै आइकाओको कालो सुचीबाट नेपालको नाम हटेको, युरोपेली युनियनको कालो सुचिबाट पनि हटाउने प्रयास भइरहेको, भारतबाट नेपाल प्रवेश गर्ने थप चारवटा हवाइ प्रवेश विन्दु थपिएको जानकारी गराएका हुन।नेपाल र भारतबीच यसै हप्ता विराटनगर, जनकपुर, महेन्द्रनगर र नेपालगन्जबाट विमान प्रवेशका लागि सहमति भएको छ।मन्त्री अधिकारीले हवाइ यातायात क्षेत्रमा भएको सिण्केट तोडिएको, दुर्गमको भाडा कम भएको भाए।

उनले नेपालका पुराना विमानस्थल सञ्‍चालन आएको जानकारी दिए। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तरास्ट्रिय विमानस्थल, गौतबुद्द विमान स्थलको निर्माण अघि बढेको सम्सदलाई बताए। पोखरा विमान स्थलको १२ प्रतिशात र गौतमबुद्धको ४७ प्रतिशत काम सकिएको अधिकारीको भनाइ थियो।

उनले सरकारले राष्ट्रिय एयरपोर्ट योजना ल्याउन लागेको जानकारी दिए। यस्तै अधिकारले सम्सदलाई मन्त्रालयको बारेमा जानकारी गराएसङै प्रत्यक्ष प्रश्नोउत्तरको थालनी भएको छ।

प्रकाशित मिति: Jun 22, 2018

प्रतिक्रिया दिनुहोस्