Logo
६ बैशाख २०८१, बिहीबार
(June 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छली गरेको आरोपमा प्रधानमन्त्रीकी पत्नीलाई जरिवाना !

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुकी पत्नीलाई छली गरेको आरोपमा सजाय तोकिएको छ । छलकपट गरेर सरकारी कोषको दुरुपयोग गरेको आरोपमा प्रधानमन्त्री पत्नी सारा नेतान्याहुलाई सजाय गरिएको त्यहाँका कानूनमन्त्रीले बिहीबार जानकारी दिएका सिन्ह्वाले जनाएको छ ।

बताइएअनुसार जेरुसेलमको जिल्ला वकीलको कार्यालयले प्रधानमन्त्री पत्नी साराको विरुद्धमा मुद्धा दायर गरेको कानून मन्त्रीद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

आफ्नो घरमा पकाउने र खुवाउने कुनै कर्मचारी नभएपछि प्रधानमन्त्री पत्नीले केही व्यक्तिलाई प्रधानमन्त्री कार्यालयको खर्चमा रेस्टुरेन्टमा खाना खुवाएकी र त्यसका लागि एक लाख अमेरिकी डलर खर्च भएको भनी छल्न खोजेको विषयमाथि गरिएको छानविनमा ५९ वर्षिया साराले जरिवानको सजाय पाएकी हुन् ।

सारामाथि घुस लिएको, झूट बयान दिएको र विश्वासप्रति धोखा दिइएको बताइएको छ । सारासँगै प्रधानमन्त्री कार्यालयका पुर्व उप महानिर्देशक इज्रा साइडोफलाई पनि सरकारी कोषको दुरुपयोग गरेको आरोपमा कारबाही भएको जनाइएको छ ।

प्रकाशित मिति: Jun 22, 2018

प्रतिक्रिया दिनुहोस्