Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डुङ्गा दुर्घटनामा बेपत्ता भएका यात्रुमध्ये चार जनाको शव भेटियो

इन्डोनेसिया : इन्डोनेसियामा भएको एक डुङ्गा दुर्घटनामा परी बेपत्ता भएका ठूलो सङ्ख्याका यात्रुमध्ये चार जनाको शव भेटिएको छ ।

गएको सोमबार भएको सो दुर्घटनामा परेका १८ जनालाई भने जिवीतै उद्वार गरिएको थियो । उनीहरुको खोजी कार्य जारी नै रहेको सुरक्षाकर्मीहरुको भनाई छ । खोजी र अनुसन्धानको क्रममा चालक दलका अध्यक्ष पक्राउ परेका छन् । सो कुराको जानकारी इन्डोनेसियाको प्रहरीले बिहीबार दिएको छ । डुङ्गा पनि तिनै व्यक्तिको रहेको अनुमान गरिएको छ । तर प्रहरीले अनुसन्धान भर्खरै सुरु गरेको जनाएको छ ।

प्रहरीले यस दुर्घटनामा परी हालसम्म चार व्यक्तिको मृत्यु भएको पुष्टि भएको र बिहीबार जानकारी दिइएको छ । अरु दर्जनौँ व्यक्ति अझै बेपत्ता रहेका छन् । दुर्घटनमा परेको सो डुङ्गबाट कम्तीमा १९३ व्यक्ति वेपत्ता रहेका सरकारी अधिकारीहरुको अनुमान रहेको बिहीबार जनाइएको छ । खोजीकार्य जारी रहेको र हाल सम्म १८ व्यक्तिलाई उद्धार गरिएको उनीहरुले बताएका छन् । तर अझै पनि सो डुङ्गामा कति व्यक्ति सवार थिए भन्ने बारेमा भने यकिन सङ्ख्या भने प्राप्त भएको छैन । इन्डोनेसियाको सुमात्रा द्वीपको प्रख्यात पर्यटकीय स्थल तोबा तालमा गत सोमबार अपराह्न सो डुङ्गा दुर्घटनामा परेको थियो ।

डुबेका वा बेपत्ता भएका व्यक्तिहरूको खोजी र उद्वारमा मङ्गलबारदेखि सयौँको सङ्ख्यामा रहेका उद्धारकर्मी खटिएका छन् ।तर अब ती हराएका यात्रु जिवीतै उद्वार गर्न सकिने सम्भावना भने निकै नै कम रहेको बताइन्छ । उक्त डुङ्गामा विना टिकट नै यात्रा गरेको प्रहरीले जनाएको छ । डुङ्गा गैरकानूनी भएको बताइएको छ । यसरी लुकिछिपी अवैध डुङ्गाबाट यत्रा गराउने गरेकोले सो क्षेत्रमा यसअघि पनि कैयौँको ज्यान गएको बताइएको थियो ।इन्डोनेसियामा करिब १७ हजार द्वीप रहेका छन् । यस द्वीपमा यातायातको प्रमुख साधनका रूपमा नै डुङ्गा प्रयोग हुने गरेको पाइन्छ । तर यसको यात्रा दिन प्रतिदिन असुरक्षित बन्दै गएको छ ।

इन्डोनेसियामा गतहप्ता सुलावेसी द्वीपमा पनि एक डुङ्गा दुर्घटना हुँदा ४० व्यक्ति डुबेका थिए । तीमध्ये एक दर्जनभन्दा बढीको मृत्यु भएको थियो भने केहीलाई जिवीतै उद्वारा पनि गरिएको थियो ।

प्रकाशित मिति: Jun 21, 2018

प्रतिक्रिया दिनुहोस्