Logo
११ बैशाख २०८१, मंगलबार
(June 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज तीन खेल हुँदै : अर्जेन्टिनालाई दबाब, फ्रान्सलाई अवसर

रुसमा जारी विश्वकप फुटबल अन्तर्गत बिहीबार तीनवटा खेल हुँदैछ । समूह चरणका दोस्रो खेलमा ६ टिमले आफूलाई प्रमाणित गर्ने प्रयास गर्दै छन् । बिहीबारको पहिलो खेलमा समूह सी मा रहेको डेनमार्कले अस्ट्रेलियाको सामना गर्नेछ ।

यो खेल नेपाली समय अनुसार बेलुका पौने ६ बजे सामारा एरिनामा हुनेछ । पहिलो खेलमा डेनमार्कले पेरुलाई १–० ले हराएको थियो भने अस्ट्रेलिया फ्रान्ससँग २–१ ले हारेको थियो ।

अर्को खेलमा समूह सी कै फ्रान्सले पेरुसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल एकातेरिन्बर्गमा नेपाली समय अनुसार राति पौने ९ बजे हुनेछ । पहिलो खेलमा फ्रान्सले अस्ट्रेलियालाई २–१ ले हराएको थियो भने पेरु डेनमार्कसँग १–० ले पराजित भएको थियो ।

बिहीबारको अन्तिम खेलमा अर्जेन्टिनाले क्रोएसियाको सामना गर्नेछ । खेल राति पौने १२ बजे निज्हनी नोभगोरोड रंगशालमा हुनेछ ।

पहिलो खेलमा अर्जेन्टिना आइसल्याण्डसँग १–१ को बराबरीमा रोकिएको थियो भने क्रोएसियाले नाइजेरियालाई २–० ले हराएको थियो ।

प्रकाशित मिति: Jun 21, 2018

प्रतिक्रिया दिनुहोस्