Logo
१३ बैशाख २०८१, बिहीबार
(June 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरोज रायको बयान : ‘लौ सुन, गोप्य राखेको कुरा आज सार्वजनिक गर्दैछु ‘

नेपालबाट ७ जुनमा पाकिस्तान आउनु अगाडी ४ जुनमा परराष्ट्र मन्त्रालयमा तिस लाखको चेक बुझांउदै गरेको बेलाको फोटो हो जुन आज सार्वजनिक गर्दैछु । यति ठुलो रकम सरकारलाई हस्तानत्रण एकदमै तामझामको साथ गर्न सकिन थियो तर कतै कुनै मेडीयावाजी गरिएन । कारण विषय वस्तुको गंम्भिरता थियो ।

पाकिस्तानी परिवारलाई ब्लडमनि वापत तिस लाख दिने सहमति १० जुन सम्म मात्र थियो । यता, उमेश यादवलाई मृत्यु दण्डबाट बचाउन गरिएको अपिलको कुनै फैसला आएको छैन। रमजान र ईदको विदाको कारण सउदीको अपिल कोर्टमा कागजातहरू पुग्न पाएको छैन । धेरैको गुनासो थियो कि यता पाकिस्तानी परिवारलाई तिस लाख बुझाए पश्चात पनि अपिल कोर्टले उमेश यादवको हकमा फैसला सुनाएन भन्ने चन्दा संकलनबाट उठेको यति ठुलो रकम पनि त्यतिकै जाने भयो ।

हुनत्, पाकिस्तानी परिवारले दिया मंजुर गरेर माफीनामा दिने कुरामा सहमति गरेको थियो, अपिल कोर्टले के-कस्तो फैसला गर्छ उनीहरूको सरोकारको विषय थिएन । प्रायजसो सबै हत्याको घटनामा अदालतले मृतक परिवारलाई आफ्नो अधिकार प्रयोग गर्ने मौका दिन्छ अनि मात्र ब्लडमनि दिने गरिन्छ । उमेशको मुद्धामा पनि अदालतले पाकिस्तानी परिवारलाई आफ्नो अधिकार प्रयोग गर्ने मौका धेरै पहिला नै दिएको थियो जुन अदालतले विगतमा गरेको फैसलाबाट प्रष्ट हुन्छ तर १२ वर्षमा न पाकिस्तान सरकार र न नेपाल सरकारबाट नै कुनै पहल हुन्छ जसको कारण अन्तमा आएर अदालत पब्लिक राइट प्रयोग गरेर १५ अप्रिलमा उमेशलाई घांटी काटेर १० घण्टासम्म झुण्डाउने फैसला गर्छ ।

८ अप्रिल भन्दा पहिला देखी नै म पटक पटक परराष्ट्र मन्त्रालय पुगेर पाकिस्तान जाने अनुमति मांगेका थिए तर मन्त्रालयले १५ अप्रिलमा मृत्युदण्ड सुनाई सके पश्चात मात्र मलाई पाकिस्तान जानलाई चाहिने पत्र दियो । पछिलो फैसलामा ‘हराबा’ तहत मृत्युदण्ड सुनाइएको छ जसमा प्राइवेट राइट प्रयोग हुंदैन तर पनि धेरै जसो यस्तो धटना पनि छ जांहा घांटी काट्ने बेलामा पिडीत परिवारको माफीनामा पुगे पछि अभियुक्तलाई माफ गरिएको छ । गुगल गरे भने यस्ता उदाहरण देख्न सकिन्छ ।

अहिले पनि म विश्वस्त छु कि अदालतले मुद्धालाई ‘हराबा’ बाट ‘किसास’ मा झारी मृतक परिवारलाई आफ्नो अधिकार प्रयोग गर्ने मौका दिन्छ भनेर तरपनि अन्तिम फैसला गर्ने आखिर उही अदालत हो ।

यहि कारण अदालतको फैसला नआए सम्म तिस लाखलाई सुरक्षित पार्न समाजिक जनदबाव पछि परराष्ट्रलाई बुझाएको रकम वारे गोप्य राख्छु र पाकिस्तान आएर फेरी पिडीत परिवारलाई अदालतको फैसला सम्म प्रतिक्षा गर्न फेरी सफल हुन्छु । पिडीत परिवारले देखाएको मानवतालाई हामी सबैले सलाम ठोक्नै पर्छ । पहिला पनि पाकिस्तानमा यस्तै एउटा अर्को घट्ना भई सकेको छ, बढी मेडीयावाजी भएपछि दिया रकम बढेर करोड़ोमा पुगेको थियो । यहि कारण रहेको थियो, रकम संकलन वारे मेडियावाजी गर्नबाट परहेज गरेको थिए ।

आजको दिन नेपालबाट पठाइएको नेरू तिस लाख पाकिस्तानमा रहेको नेपाल दुतावासको खातामा सुरक्षित रहेको छ जसबाट पाकिस्तानी रूपैया तिस लाख उमेश रिहा भए पछि पिडीत परिवार जिम्मा लगाइन्छ र बढी रहेको पारू दुई लाख वकिल खर्च लगायत अन्य खर्चमा प्रयोग गरिनेछ ।

#सरोज राय, सामाजिक अभियन्ता

प्रकाशित मिति: Jun 21, 2018

प्रतिक्रिया दिनुहोस्