Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुनैपनि चुनावमा भोट बदर नहुने गरी अभियान सञ्चालन गर्नुपर्ने : मुख्यमन्त्री शाही

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अब हुने कुनैपनि चुनावमा निर्वाचन आयोगले १ भोट पनि बदर नहुने गरी अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । निर्वाचन आयोगले बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको समीक्षात्मक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले राष्ट्रपतिको चुनावमा समेत सांसदहरुले भोट बदर गर्नुले मुलुकको अवस्थाको चित्रण गरेको जिकिर गरे । उनले जनताको भोट बदर नहुने गरी अब निर्वाचन आयोग लाग्नुपर्नेमा जोड दिए ।

निर्वाचन आयोगका आयुक्त सुदिपकुमार शाहले निर्वाचनले लोकतन्त्रलाई संस्थागत गरेको बताउँदै आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष रहेको बताए । उनले विगतमा आयोगबाट केही कमजोरी भएपनि आगामी दिनमा ती कमजोरीलाई सुधार्न विभिन्न कार्यक्रमहरु आयोजना गर्न लागिएको जानकारी दिए । कार्यक्रममा कर्णाली प्रदेशका सबै जिल्लाका न्यायाधीश, निर्वाचन आयोगका पदाधिकारी, सुरक्षा निकायका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: Jun 20, 2018

प्रतिक्रिया दिनुहोस्