Logo
६ बैशाख २०८१, बिहीबार
(June 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीरगंजको रेल्बे रोड स्थित एक घरमा बाट ठुलो परिमाणमा म्याद नाघेको जुस बरामद

वीरगंज : प्रहरीले वीरगंजको रेल्बे रोड स्थित एक घरमा बाट आज ठुलो परिमाणमा रहेको म्याद नाघेको जुस बरामद गरेको छ । जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरिक्षक रेवती ढकालको नेतृत्वमा खटिएको टोलीले विरगंज महानगरपालिका वडा न. ५ रेल्बे रोड स्थित कौशल श्रीबास्तवको घरमा छापा मारी कोरियामा बनेको एप्पल, ओरेन्ज, मिक्स फ्रुट, लगायतका विभिन्न ब्राण्डका म्याद सकिएको ५८ कार्टुनमा रहेको करिब १७ लाख ४० हजार मुल्य बराबरको जुसहरु बरामद गरेको हो ।

म्याद सकिएको जुसमा पुरानो लेबल हटाई २ वर्षको मिती थप गरी नया लेबल राखी बजारमा पठाउने गरेको भन्ने विशेष सुचनाको आधारमा गएको टोलीले म्याद सकिएको जुसमा पुरानो लेबल हटाइ नया लेबल लगाउदै गरेको अवस्थामा २ जनालाई रंगेहात पक्राउ समेत गरेको छ । प्रहरीले वीरगज श्रीपुरका लक्ष्मी साह कानु र पर्सा सुखवा प्रसौनी गाउपालिका १ मधुवन मथवल निवासी होम बहादुर कार्कीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका कार्की नातामा कौशल श्रीवास्तवका ससुरा रहेको र श्रीवास्तव आफन्तको विहेमा पोखरा गएको हुदा आफु घरको रेखदेखको लागी खटिएको कार्कीले बताएका छन् । म्याद सकिएको जुसहरु वीरगजबाट हेटौडा, नारायणघाट, काठमाण्डौ लगायतका शहरहरुमा पठाउनका लगाी अर्थ मन्त्रालय, राजश्व विभाग , आन्तरीक राजश्व कार्यलय पर्साको नक्कली विल छाप स्टिकर समेत बनाई कारोवार हुने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । यसैविच घरधनी श्रीवास्तवको वीरगंजनको रामटोल र रेल्बे रोड स्थित ३वटा गोदाममा समेत म्याद नाघेको जुुस हुने आशंका गरिएको छ । सो बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jun 20, 2018

प्रतिक्रिया दिनुहोस्