Logo
१५ चैत्र २०८०, बिहीबार
(June 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अष्ट्रेलियामा कार्यस्थलमा हुने यौनजन्य क्रियाकलापको अनुसन्धान सुरु

क्यानबेरा : अष्ट्रेलियाले विश्वमा नै पहिलो पटक आफूहरुले यस विषयको अनुसन्धान थालेको जानकारी दिएको छ । यस अनुसन्धानलाई पहिलो र एक प्रकारको स्वतन्त्र अनुसन्धानको रुपमा लिनुपर्ने बताइएको छ ।

‘द अष्ट्रेलियन ह्युमान राइट्स कमिसन ९एएचआरसी०’ ले सो अनुसन्धान सुरु गर्न लागेको बताइएको छ ।। बुधबारबाटै यो अनुसन्धान थालिएको उक्त कमिसनले जनाएको छ ।सो कमिसनले भनेको छ– हामीले बुधबारबाटै यसको सुरुवात गरेका छौँ र यो एउटा ठूलो कदम हुनेछ ।

अष्ट्रेलियामा कार्यस्थलमै महिलाहरुमाथि यौनजन्य क्रियाकलाप हुने गरेका समाचारहरु आउने गरेका थिए । यस विषयमा सरकारले पनि ठूलो चासो व्यक्त गरेको थियो । सो अवस्थालाई एक अपराध मानेर त्यसको निराकरणको लागि आवश्यक उपायहरु सुझाउने उद्देश्यले उक्त मानवअधिकार कमिसनले यस विषयको अनुसन्धान थालिएको बताएको छ ।

कार्यक्षेत्रमै हुने गरेको यस्तो यौनजन्य अपराधलाई के कसरी हटाउन सकिन्छ भन्ने बारेमा यस अनुसन्धानपछि सुझाव दिने र यसले सरकारी तथा गैरसरकारी निकायलाई पनि यस सम्बन्धी नीति निर्माणमा सघाउने उक्त कमिसनले जनाएको छ ।

प्रकाशित मिति: Jun 20, 2018

प्रतिक्रिया दिनुहोस्