Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधान संशोधनको विषयलाई पहिलो प्राथमिकतामा राख्ने राजपाको निर्णय

काठमाडौं : राष्ट्रिय जनता पार्टी, नेपालले सरकारमा जाने विषयलाई प्राथमिकता नदिने स्पष्ट पारेको छ । राष्ट्रिय जनता पार्टी, नेपालको मंगलबार बसेको राजनीतिक समितिको बैठकले सरकारमा जाने विषयलाई प्राथमिकता नदिने निर्णय गरेको हो ।

सरकारमा जाने विषय पार्टीको प्राथमिकतामा नरहेको निष्कर्ष बैठकले निकालेको पार्टीका नेता वृशेषचन्द्र लालले जानकारी दिए । बैठकले संविधान संशोधनको विषयलाई भने पहिलो प्राथमिकतामा राख्ने निर्णय पनि गरेको छ । पार्टी समेत सहभागी रहेको प्रदेश २ को सरकारलाई प्रभावकारी बनाउन सक्दो पहल गर्ने निर्णय पनि गरिएको छ ।

राष्ट्रिय जनता पार्टीको सोमबारबाट काठमाडौंमा सूरु भएको राजनीतिक समितिको बैठक पार्टीको विधान निर्माणमा केन्द्रित छ । आन्तरिक लोकतन्त्रसहित मजदुत संगठन निर्माण गर्नेगरी पार्टीको विधान निर्माणको काममा बैठक केन्द्रित भएको पनि नेता लालले जानकारी दिए । बैठकमा पार्टी संसदीय दलको नेता चयनको विषयलाई पनि प्रवेश गराइएको छ ।

आसन्न महाधिवेशन र पार्टी संसदीय दलको नेता चयनका विषयमा ठोस निर्णय लिन पार्टीको राजनीतिक समितिको बैठक बोलाइएको हो । बैठकमा नेताहरुले युवाहरुलाई विशेष प्राथमिकता दिने गरी पार्टीको विधान बनाउनुपर्नेमा पनि जोड दिएको राष्ट्रिय जनता पार्टी, नेपालले जनाएको छ ।

प्रकाशित मिति: Jun 19, 2018

प्रतिक्रिया दिनुहोस्